होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड सम्पन्न
काठमाडौं – नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति...
होन्डाले यो वर्ष होन्डा अमेजलाई नयाँ अवतारमा लन्च गर्ने तयारी गरिरहेको छ । होन्डाले आफ्नो सबैभन्दा सानो सेडान कार होन्डा अमेजमा ठूलो परिवर्तन गर्नेछ । नयाँ अमेजले मारुती डिजायर, हुन्डाई औरा र टाटा टिगोरसँग प्रतिस्पर्धा गर्नेछ ।
होन्डाले अमेज पहिलो पटक सन् २०१८ मा भारतीय बजारमा ल्याएको थियो । नयाँ प्लेटफर्मका कारण नयाँ अमेजको लम्बाइ ४ मिटर भन्दा कम हुने जानकारी दिइएको छ । सो कार विदेशमा बिक्री हुने होन्डा सेडान जस्तै हुने अनुमान गरिएको छ ।
सेकेन्ड जेनेरेशनको होन्डा अमेजको डिजाइन त्यस समयको होन्डाको पुरानो सेडान कार अकोर्डबाट प्रेरित छ । रिपोर्ट अनुसार होन्डा अमेजमा नयाँ क्याबिन र ठूलो र फ्री–स्ट्यान्डिङ टचस्क्रिन सेटअप हुने अपेक्षा गरिएको छ । यसमा एलिभेट र अन्य होन्डा कारमा जस्तै समान फिचर हुनेछ ।
नयाँ अमेज १.२ लिटर चार सिलिन्डर एस्पिरेटेड पेट्रोल इन्जिनमा लन्च गरिने छ । सो इन्जिनमा ५ स्पिड म्यानुअल वा सीभीटी अटोमेटिक गियरबक्स पनि उपलब्ध हुनेछ । सो कार पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ ।
रिपोर्टका अनुसार होन्डाले आफ्नो नयाँ अमेज सनु २०२४ को दीपावली सिजन वरपर लन्च गर्न सक्ने अपेक्षा गरिएको छ ।
काठमाडौं – नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति...
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईएम१ई युरोपेली बजारमा लन्च गरेको छ...
आफ्नो फ्ल्यागसिप मोडल एक्टिभाका साथ स्कुटर बजारमा राज गरिरहेको होन्डाले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...