अपडेट भएर आयो पल्सर एनएस–१६० र एनएस–२००

बजाजले आज भारतमा २०२४ पल्सर एनएस–१६० र एनएस–२०० लन्च गरेको छ । सो अपडेटेड मोटरसाइकललाई कम्पनीले १.४६ लाख र १.५५ लाख (एक्स–शोरुम) भारुमा लन्च गरेको हो । यी दुबै बाइकमा पुनः डिजाइन गरिएको हेडल्याम्प यूनिट रहेको छ । नयाँ भी आकारको एलइडी क्लस्टमा एलइडी डीआरएलएस एकीकृत गरिएको छ ।

दुबै बाइकमा नयाँ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । बाइकमा दिइएको ब्लुटुथ फिचर माफर्त आगमन कल, एसएमएस र टर्न–बाई–टर्न नेभिगेसन जस्ता सुविधाहरू प्रयोगमा ल्याउन सकिन्छ ।

१६०.०३ सिसी सींगल–सिलिन्डर इन्जिन जडान गरिएको एनएस–१६० को पावर १७.०३ बीएचपी र टर्क १४.६ एनएम छ भने एनएस २०० मा २४.१३ बिएचपी पावर र ४७ एनएम टर्क जेनेरेट गर्नसक्ने क्षमता भएको १९९.५ सिसी लिक्वड–कुल्ड, सींगल–सिलिन्डर इन्जिन दिइएको छ ।

यी दुई बाकमा पल्सर एनएस–१६० टिभिएस अपाचे आरटिआर ४भी र हिरो एक्सटिङ १६० आर तथा एनएस–२०० ले आरटिआर २०० ४भी र होण्डा हर्नेट २.० संग प्रतिस्पर्धा गर्ने देखिन्छ । यी बाइक अबको केही समयपछि नेपाली बजारमा समेत एसेम्वल हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

चेतक ईभीको ‘भाइब नै बेग्लै छ’ शीर्षकको आधिकारिक एन्थम भिडियो नाइमा एक्सपाेमा सार्वजनिक

चेतक ईभीको ‘भाइब नै बेग्लै छ’ शीर्षकको आधिकारिक एन्थम भिडियो नाइमा एक्सपाेमा सार्वजनिक

काठमाडौं–चेतक ईभीले नाइमा मोबिलिटी एक्सपाे’ २०२५ मा आफ्नो आधिकारिक एन्थम...

पोखरामा जारी ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको भव्य डेब्यु

पोखरामा जारी ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको भव्य डेब्यु

पोखरा – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी...

भारतबाट निर्यात हुने टु–ह्विलरमा बजाज र टीभीएसको हिस्सा ७२ प्रतिशत, कुन मोडल बढी लोकप्रिय

भारतबाट निर्यात हुने टु–ह्विलरमा बजाज र टीभीएसको हिस्सा ७२ प्रतिशत, कुन मोडल बढी लोकप्रिय

भारतले वर्ष २०२५ मा हालसम्मकै सर्बाधिक मोटरसाइकल तथा स्कुटर निर्यात गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...