सर्वोत्कृष्ट खेलाडी रुविना क्षेत्रीलाई यामाहाले हस्तान्तरण ग-यो हाइब्रिड स्कुटर

काठमाडौं – प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट भएकी रुविना क्षेत्रीलाई यामाहाको रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरिएको छ ।

कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत हुन् ।

प्लेयर अफ द सिरिजको रुपमा सर्वोत्कृष्ट खेलाडीलाई यामाहाले सो हाइब्रिड स्कुटर प्रदान गर्ने घोषणा पहिले नै गरेको थियो । यस अनुसार हिजो एक कार्यक्रमका बिच सो स्कुटर रुविनालाई हस्तान्तरण गरिएको हो । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु यामाहा डिभिजनकी चिफ मार्केटिङ अफिसर पुनम सिंहले सो स्कुटर हस्तान्तरण गरिन् ।

यसमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त यामाहाको प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन रहेको जनाइएको छ । यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ ।

यसको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

सकियो यामाहा एमटी–१५ बीएस६ को प्रतीक्षा : नेपाली ग्राहकले अब छिट्टै नै डेलिभरी पाउने

सकियो यामाहा एमटी–१५ बीएस६ को प्रतीक्षा : नेपाली ग्राहकले अब छिट्टै नै डेलिभरी पाउने

काठमाडौं – गत वर्ष एकै पटक २ सय यामाहा एमटी–१५ बीएस६ मोटरसाइकल डेलिभरी गरेर...

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

वैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको टु ह्विलर...

यामाहा नेपालको देशव्यापी भ्यालेन्टाइन अभियान ‘मायासँग मायाको यात्रा’ सम्पन्न

यामाहा नेपालको देशव्यापी भ्यालेन्टाइन अभियान ‘मायासँग मायाको यात्रा’ सम्पन्न

काठमाडौं – यामाहा नेपालले विशेष भ्यालेन्टाइन सप्ताह अभियान ‘मायासँग...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...