हिरोको पार्ट्स र बिक्री पछिको सेवा अभाव हुन नदिने सीजी मोटर्सको प्रतिबद्धता

काठमाडौं – हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको बताएको छ । विगत केही समयदेखि हिरोको आधिकारिक बिक्रेताको बारेमा अन्योल कायम रहदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो । अब सीजी मोटर्स हिरोको आधिकारिक विक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको कम्पनीको भनाइ छ ।

सीजी मोटर्सले आफ्ना उपभोक्तालाई विश्वस्तरीय सेवा दिने प्रण गरेको छ । ‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्रीमात्र गर्दैनौं, ग्राहक पूर्ण सन्तुष्ट हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिने छौं’ सीजी मोटर्सले भनेको छ, ‘हामीले हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स (थ्रीएस) सेवालाई सर्वोत्कृष्ट बनाउनेछौँ । अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहनेछैन ।’

हिरोको आधिकारिक विक्रेताको जिम्मेवारी पाए लगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सीजी मोटर्सले जनाएको छ । कम्पनीको प्रतिवद्धता छ, ‘हामी उत्कृष्ट थ्रीएस सेवा दिने प्रतिवद्धता जाहेर गर्छौं, हिरोका सर्भिसलाई उपभोक्ताले नयाँ ढंगले फिल गर्ने गरी उत्कृष्ट बनाउनेछौँ । पार्टपुर्जा सहज उपलब्ध गराउन र आफ्टर सेल्स सर्भिस चुस्त बनाउने प्रक्रिया अगाडि बढाइसकेका छौं ।’

अर्को महिना मार्चदेखि हिरोका सर्भिस सेन्टरहरुमा पार्टपुर्जाहरु सहज रुपमा उपलब्ध हुने सीजी मोटर्सले जनाएको छ । यसका लागि आफ्नै वेयरहाउस समेत तयार भइरहेको छ । पार्टपुर्जा आयात गर्नका लागि प्रतितपत्र (एलसी) खोलिसकेको छ । ‘पछिल्लो केही समयदेखि पार्टपुर्जा आयात नभएकोले बजारमा अभाव देखिन सक्छ, तर यस्तो अभाव धेरै समय रहने छैन’ सीजी मोटर्सका सेल्स एण्ड अपरेशन हेर्ने जीएम प्रकाश देवकोटाले भने, ‘सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्न सकिदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ, ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो जिम्मेवारी हो ।’

नेपालमा हिरो लोकप्रिय ब्रान्डका रुपमा स्थापित छ । हिरोका मोटरसाइकल र स्कुटर सर्वाधिक बिक्री हुनेमा पर्छन् । हजारौंको संख्यामा रहेका हिरोका ग्राहकहरु सन्तुष्ट गराउने एकमात्र लक्ष्य रहेको कम्पनीको भनाइ छ ।

सेल्स, सर्भिस, स्पेयर पार्ट्ससँगै वारेन्टीको कुरा पनि उत्तिकै महत्वपूर्ण छ । हामीले अबदेखि वारेन्टीलाई सुनिश्चित गर्नेछौँ । सीजीले हिरो ब्रान्ड लिनुअघि वारेन्टीका समस्या भए समाधानका लागि पहल गर्ने पनि जनाएको छ ।

नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीति अनुसार मोटरसाइकल र स्कुटरको विश्वकै सबैभन्दा ठूलो उत्पादक हिरो मोटोकर्पले नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना चौधरी ग्रुपमातहतको सीजी मोटर्ससँग सहकार्य गरेको थियो । यही सहकार्यअन्तर्गत हिरो मोटोकर्प र सीजी मोटर्सले नेपाली बजारमा हिरोका उत्पादनहरु एसेम्बल गर्न नवलपुर जिल्लामा ‘स्टेट अफ दि आर्ट ग्रीनफिल्ड फेसिलिटी’ भएको प्लान्ट स्थापना गर्न लागेको कम्पनीले जनाएको छ । यसले स्थानीय अर्थतन्त्र र रोजगारीका अवसरहरु सिर्जना गर्ने कम्पनीको विश्वास भएको बताएको छ ।

सम्बन्धित समाचारहरू

फिचर अपडेट भएर आउँदै करिज्मा एक्सएमआर, सस्पेन्सन र क्लस्टर नयाँ हुने

फिचर अपडेट भएर आउँदै करिज्मा एक्सएमआर, सस्पेन्सन र क्लस्टर नयाँ हुने

हिरो मोटोकर्पले २०२४ एक्मा शोमा करिज्मा एक्सएमआरको नयाँ एडिसन प्रदर्शन...

स्प्लेन्डर प्लसमा पनि डिजिटल मिटर र व्लुटुथ कनेक्टिभिटी, लन्च भयो एक्सटेक भेरियन्ट

स्प्लेन्डर प्लसमा पनि डिजिटल मिटर र व्लुटुथ कनेक्टिभिटी, लन्च भयो एक्सटेक भेरियन्ट

भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटो कर्पले आफ्नो इन्ट्रि...

हिरो एक्सपल्स २०० र एक्स्ट्रिम १६० आरको मूल्य ३ हजार रुपैयाँले बढ्यो

हिरो एक्सपल्स २०० र एक्स्ट्रिम १६० आरको मूल्य ३ हजार रुपैयाँले बढ्यो

काठमाडौं – हिरोको नेपाली बजारमा रहेको लोकप्रिय एड्भेन्चर मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...