कोभिडको प्रभावः हिरोले भारतमा ६ प्लान्ट १ मेसम्म बन्द गर्ने
कोरोना भाइरसको दोस्रो लहरको प्रभाव अटो उद्योगमा देखिन थालेको छ । भारतमा...
हिरो मोटोकर्पले भारतमा माभ्रिक ४४० लन्च गरेको छ । सुरुवाती मूल्य १ लाख ९९ हजार भारुमा लन्च गरिएको सो नयाँ मोटरसाइकल बेस, मिड र टप गरी तीन भेरियन्टमा उपलब्ध छ । जसमध्ये मिड भेरिएन्टको २ लाख १४ हजार र टप भेरिएन्टको २ लाख २४ हजार भारु निर्धारण गरिएको हो ।
माभ्रिक ४४० लाई कम्पनीले हालै सम्पन्न हिरो वर्ल्ड २०२४ इभेन्ट मार्फत सार्बजनिक गरेको थियो । हार्ले डेभिड्सन एक्स ४४० जस्तै देखिने उक्त बाइक न्याकेड लुक्समा आएको हो ।
सो नयाँ मोटरसाइकलमा एच आकारका एलइडी डिआरएल सहितको गोलाकार एलईडी हेडल्याम्प, बार–एन्ड मिरर र सींगल पीस सिट रहेको छ । बाइकमा ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाई–टर्न नेभिगेसन, कल र म्यासेज अलर्ट , यूएसवी चार्जिङ पोर्ट प्रदान गर्ने डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
माभ्रिक ४४० मा हार्ले–डेभिडसन एक्स ४४० मा जस्तै ४४० सीसी एकल–सिलिन्डर इन्जिन जडान गरिएको छ । यो इन्जिनले २७ बीएचपी र ३६ एनएम उत्पादन गर्छ । इन्जिनलाई असिस्ट र स्लिपर क्लचमार्फत ६ स्पीड गियरबक्ससँग जोडिएको छ ।
नयाँ बाइक लन्च भएसंगै कम्पनीले यसको वुकिङ समेत खुल्ला गरेको छ । बाइकको डेलिभरी अप्रिल महिनादेखी सुरु हुने कम्पनीको भनाई छ ।
भारतीय बजारमा निकै नै चासोका साथ प्रतिक्षा गरिँदै आएको माभ्रिक ४४० केही समयपछि नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ । हिरोको नयाँ बिक्रेतामा सिजी मोटर्स नियुक्त भएसंगै कम्पनीले नेपालमा नयाँ मोडललाई प्राथमिकताका साथ लन्च गर्ने अनुमान गरिएको हो ।
कोरोना भाइरसको दोस्रो लहरको प्रभाव अटो उद्योगमा देखिन थालेको छ । भारतमा...
काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता सिजी मोटर्सले...
हिरो मोटोकर्पले जुम सिरिजका दुई नयाँ स्कुटर सार्बजनिक गरेको छ । भारतमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...