हिरो एक्सट्रिम १२५आर, यस्ता छन् विभिन्न विशेषता

हिरो मोटोकर्पले आफ्नो नयाँ उत्पादन एक्सट्रिम १२५आर बाइक भारतीय बजारमा लन्च गरेको छ । कम्पनीले १२५ सीसी कम्युटर मोटरसाइकल सेगमेन्टलाई पुनः सक्रिय गर्न हिरो एक्सट्रिम १२५आर बाइक ल्याएको हो । यसले भारतीय बजारमा टीभीएस रेडर १२५ सँग प्रतिस्पर्धा गर्नेछ ।

एक्सट्रिम १२५आर युवावर्गलाई लक्षित गरी डिजाइन गरिएको हो । नयाँ बाइकका डिजाइन एलिमेन्टमा एलईडी पोजिसन लाइटसहितको एग्रेसिभ हेडल्याम्प, ट्याङ्क श्राउडले घेरिएको फ्युल ट्यांक, स्लिक टेल सेक्सन, स्टबी एग्जस्ट र मल्टि–स्पोक ह्विल समावेश छ ।

सो बाइक आईबीएस र सिंगल च्यानल एबीएस गरी दुई भेरिएन्टमा उपलब्ध छ । एक्सट्रिम १२५आर तीन फरक फरक रङमा उपलब्ध छ । एक्सट्रिम १२५आर बाइकमा अल एलईडी लाइटिङ सेटअप र एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता फिचर समावेश छ ।

हिरो मोटोकर्पले एक्सट्रिम १२५आरमा नयाँ इन्जिन १२५ सीसी सिंगल–सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिएको छ, जसले ११.५ बीएचपीको पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड ट्रान्समिसनसँग जोडिएको छ । यसले ६६ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।

हिरो एक्सट्रिम १२५आर डायमण्ड फ्रेममा निर्मित छ । यसमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फोर्क र रियर मोनोशक उपलब्ध छ । बाइकको पछाडि मोनोशक अब्जर्बर भएको टीभीएस रेडर १२५ पछिको यो एक मात्र १२५ सीसी बाइक हो ।

सम्बन्धित समाचारहरू

हिरो एक्सपल्स २०० फोरभी -याली एडिसन सोल्ड आउट

हिरो एक्सपल्स २०० फोरभी -याली एडिसन सोल्ड आउट

केही दिन पहिले भारतमा सार्वजनिक गरिएको हिरो एक्सपल्स २०० फोरभीको -याली...

तीनवटा मोडलसहित हिरो मोटोकर्पको इटालियन बजारमा प्रवेश

तीनवटा मोडलसहित हिरो मोटोकर्पको इटालियन बजारमा प्रवेश

भारतीय टु–ह्विलर उत्पादाक हिरो मोटोकर्प आधिकारिक रूपमा इटालियन बजारमा...

हिरो करिज्मा एक्सएमआरको हेडलाइट र टेललाइट सार्वजनिक, अगस्ट २९ मा लन्च हुने

हिरो करिज्मा एक्सएमआरको हेडलाइट र टेललाइट सार्वजनिक, अगस्ट २९ मा लन्च हुने

सन् २००३ मा पहिलो पटक लन्च गरिएको हिरो मोटोकर्पको करिज्मा पुनः लन्च हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...