१२५ सिसीमा हिरोको नयाँ मोटरसाइकल, लन्च हुनु अघि नै लीक भयो तस्विर

हिरोको नयाँ मोटरसाइकल एक्सट्रिम १२५ आर आधिकारिक डेब्यू अघि अनलाइन लीक भएको छ । यो बाइक हिरो वल्र्ड २०२४ कार्यक्रममा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

लीक भएको तस्विरमा सो नयाँ मोटरसाइकलमा आक्रामक देखिने एलईडी हेडल्याम्प, मस्कुलर फ्युल ट्याङ्की र ट्याङ्क एक्सटेन्सन ‘१२५आर’ ग्राफिक सहितको स्पोर्टी डिजाइन रहेको छ ।

यसकोे अगाडिको भागमा परम्परागत टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक दिइएको छ । साथै यसमा आकर्षक एलोई ह्विलर र डिस्क ब्रेक जडान गरिएको छ ।

सो नयाँ मोटरसाइकललाई कम्पनीले माभ्रिक ४४० संगै सार्बजनिक गर्ने तयारी गरिरहेको छ । बाइकमा नयाँ सिंगल सिलिन्डर १२५ सिसी इन्जिन उपलब्ध हुने भएपनि यसको पावर र पर्फमेन्स कस्तो रहन्छ भन्ने विषयमा कुनै जानकारी बाहिर आएको छैन ।

यो नयाँ मोटरसाइकलले बजाज पल्सर १२५ र टीभीएस रेडर १२५ सँग प्रतिस्पर्धा गर्नेछ । यसको मूल्य ९५ हजार भारु पर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

एक्सपल्स ४२१ को कन्सेप्ट डिजाइन सार्बजनिक, हिमालयन ४५० संग प्रतिस्पर्धा हुने

एक्सपल्स ४२१ को कन्सेप्ट डिजाइन सार्बजनिक, हिमालयन ४५० संग प्रतिस्पर्धा हुने

विश्वको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरो मोटोकर्पले नयाँ एड्भेन्चर...

हिरोका दुई नयाँ स्कुटर सार्बजनिक, यस्ता छन् विशेषता

हिरोका दुई नयाँ स्कुटर सार्बजनिक, यस्ता छन् विशेषता

हिरो मोटोकर्पले जुम सिरिजका दुई नयाँ स्कुटर सार्बजनिक गरेको छ । भारतमा...

हिरो स्प्लेन्डरलाई इलेक्ट्रिक गराउन मन छ ? आयो यस्तो इलेक्ट्रिक किट, फुल चार्जमा १५१ किमी

हिरो स्प्लेन्डरलाई इलेक्ट्रिक गराउन मन छ ? आयो यस्तो इलेक्ट्रिक किट, फुल चार्जमा १५१ किमी

हिरो मोटोकर्पले अहिलेसम्म एउटा पनि इलेक्ट्रिक मोटरसाइकल वा इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...