नेपालमा बजाज मोटरसाइकल : यी हुन् नेपाली बजारमा रुचाइएका ५ मोडल (फिचर र मूल्यसहित)
नेपाली बजारमा बजाजको पल्सर मोटरसाइकल निकै नै रुचाइएको मोटरसाइकलमा पर्छ ।...
बजाजले सामाजिक सञ्जालमा आफ्नो आगामी बाइक पल्सर एन१५० र एन१६० को टिजर शेयर गरेको छ । टिजरमा देखिए अनुसार कम्पनीले यसपटक बाइकमा कस्मेटिक रूपमा परिमार्जन गर्न लागेको संकेत देखिन्छ । कम्पनीले यसमा धेरै नयाँ फिचरहरु पनि थप्न सकिने अनुमान गरिएको छ ।
सार्वजनिक भएको टिजरमा हेल्मेटमा कल र म्यासेजको आइकन देखिएको छ । यसले सो बाइकमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
बाइकमा स्मार्टफोन कनेक्टिभिटीको सुविधा हुनेछ, जसलाई ब्लुटुथ मार्फत जडान गर्न सकिनेछ । बाइकमा भ्वाइस इनेबल र म्यासेज अलर्ट प्रदान गरिनेछ । हाल उपलब्ध बाइकमा सेमी डिजिटल कन्सोल छ जुन ब्लुटुथमा जडान गरिएको छैन ।
सो बाइकको इन्जिनमा भने कुनै परिवर्तन गरिने छैन । यी दुवै बाइकमा १४९.६८ सीसी र १६४.८२ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन कायम रहनेछ । कम्पनीले यसको लन्चिङ मितिको बारेमा कुनै जानकारी दिइएको छैन । यद्यपि यो चाँडै लन्च गर्न सकिने अपेक्षा गरिएको छ ।
नेपाली बजारमा बजाजको पल्सर मोटरसाइकल निकै नै रुचाइएको मोटरसाइकलमा पर्छ ।...
बजाजले ३५० सीसी सेगमेन्टमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न बेलायतको...
बजाजले चाँडै नै भारतमा नयाँ बाइक सीटी १२५ एक्स लन्च गर्ने भएको छ । यो बाइकले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...