भारतमा टाटा पन्च ईभीको चर्चा, नेपालमा करको डर

भारतीय बजारमा हालै लन्च भएको टाटाको नयाँ इलेक्ट्रिक कार पन्च ईभी अहिले चर्चामा छ ।

दुई ब्याट्री अप्सनमा उपलब्ध सो ईभीको स्ट्यान्डर्ड रेन्ज स्मार्ट, स्मार्ट प्लस, इड्भेन्चर, एम्पावर्ड र एम्पावर्ड प्लस गरी कुल ५ ट्रिममा उपलब्ध हुनेछ भने लङ रेन्ज चाहिँ इड्भेन्चर, एम्पावर्ड र एम्पावर्ड प्लस ट्रिममा उपलब्ध हुनेछ ।

पन्च ईभीमा टाटाले नेक्सनमा जस्तै दुई ब्याट्री अप्सन दिएको छ । सो नयाँ ईभीमा २५ र ३५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने मोटर ६० किलोवाट र ९० किलोवाट क्षमताको दिइएको छ । यसले ३१५ र ४२१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

पन्च ईभीको नयाँ र आकर्षक फिचरका कारण हाल यसले चर्चा पाएको छ । यसका साथै नेपालमा यो गाडी कहिले भित्रिएला भन्ने चासो हुन पनि स्वाभाविकै हो ।

हाल नेपाली बजारमा टाटाकै नेक्सन ईभी र टियागो ईभी जस्ता इलेक्ट्रिक कारले बजार लिइरहेको समयमा पन्च ईभी अर्को आकर्षण बन्ने अनुमान धेरैको छ । यद्यपि टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ भने अहिले नै धेरै उत्साही भने छैन ।

हाल नेपाली बजारमा विद्युतीय कारको कर बढ्ने चर्चा चलिरहेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक रुपमै नाडाको कार्यक्रममा विद्युतीय कारमा दिइएको कर सहुलियतबाट सामान्य जनताले केही नपाएको बताएका थिए । यसबाट पनि आगामी दिनमा ईभीको कर बढ्ने अनुमानलाई बल पुगेको छ ।

यो अवस्थामा आगामी दिनमा सरकारको कर नीतिका आधारमा मात्र टाटा पन्चको नेपाली बजार भविष्य पनि निर्धारण हुने सिप्रदी ट्रेडिङ स्रोतले बताएको छ । सरकारको कर नीतिका आधारमा मात्र टाटा पन्च नेपालमा भित्रिने समय निर्धारण हुने बताइएको छ ।

यस अनुसार कर नीति स्पष्ट भए पछि मात्र टाटा पन्च नेपाली बजारमा उपलब्ध हुने र यसको मूल्य तय हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ ओमोडा ई५ प्रो अब विराटनगरमा, पहिलो ५० ग्राहकका लागि विशेष छुटको अवसर

नयाँ ओमोडा ई५ प्रो अब विराटनगरमा, पहिलो ५० ग्राहकका लागि विशेष छुटको अवसर

विराटनगर – नेपालका लागि ओमोडा एन्ड जेइकोका गाडीहरुको आधिकारिक वितरक...

अल्ट्राभायोलेटको एफ७७ इलेक्ट्रिक बाइकले बनायो कीर्तिमान, अब युरोपमा पनि उपलब्ध हुने

अल्ट्राभायोलेटको एफ७७ इलेक्ट्रिक बाइकले बनायो कीर्तिमान, अब युरोपमा पनि उपलब्ध हुने

भारतीय इलेक्ट्रिक सवारी साधन उद्योगको इतिहासमा एक नयाँ अध्याय थपिएको छ।...

१ हजार किलोमिटर वढी रेन्ज दिने मर्सिडिजको भिजन इक्यूएक्सएक्स

१ हजार किलोमिटर वढी रेन्ज दिने मर्सिडिजको भिजन इक्यूएक्सएक्स

मर्सिडिज वेन्जले भविष्यमा आधारित इभी कन्सेप्ट भिजन इक्यूएक्सएक्सलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...