११ लाख भारुमा लन्च भयो पन्च ईभी, रेन्ज ३१५ र ४२१ किलोमिटर दिने दावी

टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चको ईभी भर्सनलाई आज भारतमा लन्च गरेको छ । सुरुवाती मूल्य १० लाख ९९ हजार भारु निर्धारण गरेर टाटाले सो नयाँ ईभी लन्च गरेको हो । यसको सबैभन्दा महंगो भेरिएन्ट स्ट्यान्डर्ड एम्पावर्ड प्लसलाई १४ लाख ४९ हजार भारु पर्ने जनाइएको छ ।

दुई ब्याट्री अप्सनमा उपलब्ध सो ईभीको स्ट्यान्डर्ड रेन्ज स्मार्ट, स्मार्ट प्लस, इड्भेन्चर, एम्पावर्ड र एम्पावर्ड प्लस गरी कुल ५ ट्रिममा उपलब्ध हुनेछ भने लङ रेन्ज चाहिँ इड्भेन्चर, एम्पावर्ड र एम्पावर्ड प्लस ट्रिममा उपलब्ध हुनेछ ।

पन्च ईभीमा टाटाले नेक्सनमा जस्तै दुई ब्याट्री अप्सन दिएको छ । सो नयाँ ईभीमा २५ र ३५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने मोटर ६० किलोवाट र ९० किलोवाट क्षमताको दिइएको छ । यसले ३१५ र ४२१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

टाटाको जेन २ ईभी आर्किटेक्चसंगै अल्फा प्लेटफर्मममा तयार भएको पन्च ईभीमा लिक्वड कुल्ड ब्याट्री संगै पिएमएस मोटर जडान गरिएको छ । यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम रहेको छ । कम्पनीले यसमा भेन्टिलेटेड फ्रन्ट सिट समेत दिएको छ । यससंगै पन्च यस्तो फिचर उपलब्ध हुने सबैभन्दा सस्तो ईभी बनेको छ । साथै यसमा ३६० डिग्री क्यामेरा समेत पाउन सकिन्छ ।

सो नयाँ ईभीमा १०.२५ इन्चको टचस्क्रिन, ह्यारियर र सफारी एसयूभीमा जस्तै टु स्पोक स्टेरिङ ह्विल, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, ब्लाइन्ड भ्यू मिरर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सनरुफ, वायरलेस फोन चार्जर, पुस बटन स्टार्ट÷स्टप सहितको किलेस इन्ट्रि र हर्मन साउन्ड सिस्टम लायत फिचर दिइएको छ ।

सो नयाँ ईभीले भारतमा सिट्रोन ई–सी३ र टाटाकै टिगोर ईभीसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । पन्च ईभी अवको केही समयपछि नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

हुन्डाई क्रेटा फेरि बन्यो नम्बर १ एसयूभी

हुन्डाई क्रेटा फेरि बन्यो नम्बर १ एसयूभी

भारतीय बजारमा एसयूभीको माग तीव्र गतिमा बढिरहेको छ र यस्तो अवस्थामा कार...

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

देशभरका टाटा शोरुममा अफर नै अफरसहित ‘प्रि-फेस्टिभ फियस्टा’ सुरु

देशभरका टाटा शोरुममा अफर नै अफरसहित ‘प्रि-फेस्टिभ फियस्टा’ सुरु

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...