टाटा मोटर्सले ल्यायो ‘वडा पर्वको वडा अफर’
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...
टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चको ईभी भर्सनलाई आज भारतमा लन्च गरेको छ । सुरुवाती मूल्य १० लाख ९९ हजार भारु निर्धारण गरेर टाटाले सो नयाँ ईभी लन्च गरेको हो । यसको सबैभन्दा महंगो भेरिएन्ट स्ट्यान्डर्ड एम्पावर्ड प्लसलाई १४ लाख ४९ हजार भारु पर्ने जनाइएको छ ।
दुई ब्याट्री अप्सनमा उपलब्ध सो ईभीको स्ट्यान्डर्ड रेन्ज स्मार्ट, स्मार्ट प्लस, इड्भेन्चर, एम्पावर्ड र एम्पावर्ड प्लस गरी कुल ५ ट्रिममा उपलब्ध हुनेछ भने लङ रेन्ज चाहिँ इड्भेन्चर, एम्पावर्ड र एम्पावर्ड प्लस ट्रिममा उपलब्ध हुनेछ ।
पन्च ईभीमा टाटाले नेक्सनमा जस्तै दुई ब्याट्री अप्सन दिएको छ । सो नयाँ ईभीमा २५ र ३५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने मोटर ६० किलोवाट र ९० किलोवाट क्षमताको दिइएको छ । यसले ३१५ र ४२१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
टाटाको जेन २ ईभी आर्किटेक्चसंगै अल्फा प्लेटफर्मममा तयार भएको पन्च ईभीमा लिक्वड कुल्ड ब्याट्री संगै पिएमएस मोटर जडान गरिएको छ । यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम रहेको छ । कम्पनीले यसमा भेन्टिलेटेड फ्रन्ट सिट समेत दिएको छ । यससंगै पन्च यस्तो फिचर उपलब्ध हुने सबैभन्दा सस्तो ईभी बनेको छ । साथै यसमा ३६० डिग्री क्यामेरा समेत पाउन सकिन्छ ।
सो नयाँ ईभीमा १०.२५ इन्चको टचस्क्रिन, ह्यारियर र सफारी एसयूभीमा जस्तै टु स्पोक स्टेरिङ ह्विल, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, ब्लाइन्ड भ्यू मिरर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सनरुफ, वायरलेस फोन चार्जर, पुस बटन स्टार्ट÷स्टप सहितको किलेस इन्ट्रि र हर्मन साउन्ड सिस्टम लायत फिचर दिइएको छ ।
सो नयाँ ईभीले भारतमा सिट्रोन ई–सी३ र टाटाकै टिगोर ईभीसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । पन्च ईभी अवको केही समयपछि नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...
केही समय अगाडि बीवाईडीको एट्टो ३ लाई काउन्टर गर्दै ९९ किलोवाटको मोरिस...
इलेक्ट्रिक एसयूभीको माग लगातार बढिरहेको छ । हालै महिन्द्राले बीई६...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...