हिरो एक्सपल्स सिरिजको मूल्य ३२ हजारसम्मले वृद्धि, २०० टीको मूल्य अव ३ लाख ८४ हजार
हिरोको सर्बाधिक लोकप्रिय वाइक एक्सपल्स सिरिज ३२ हजार रुपैयाँसम्मले महंगो...
हिरो मोटोकर्पको बहुप्रतीक्षित ४४० सीसीको बाइक ल्याउने भएको छ र यसको नाम माभ्रिक राखिने समाचार वाहिरिएका छन् ।
हिरो माभ्रिक ४४० बाइक हार्ले डेभिडसन एक्स४४० मा आधारित हुनेछ । हिरोको सो बाइक हार्ले डेभिडसन बीचको साझेदारीमा निर्मित बाइक हुनेछ । सो बाइक हार्ले डेभिडसन एक्स४४० प्लेटफर्ममा आधारित हुनेछ । रिपोर्टका अनुसार कम्पनीले सो बाइक १५ फेब्रुअरीमा लन्च गर्ने सम्भावना छ ।
हिरो माभ्रिक ४४० मा ४४० सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन हुनेछ, जसले २७ बीएचपीको पावर र ३८ एनएम टर्क जेनेरेट गर्छ । यसलाई ६ स्पिड गियरबक्ससँग जोडिएको छ । यसमा यूएसडी फोर्कलाई परिवर्तन गरी यसको ठाउँमा कन्भेन्सल टेलिस्कोपिक युनिट जोडिने अपेक्षा गरिएको छ ।
सो बाइकमा हार्ले एक्स४४० मा जस्तै ३.५ इन्चको टीएफटी डिस्प्ले हुन सक्ने अपेक्षा गरिएको छ । बाइकमा ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर पनि हुनेछ । बाइकको सिटको उचाइ ८०० एमएम हुनेछ । सो बाइकले बजारमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्नेछ ।
हिरोको सर्बाधिक लोकप्रिय वाइक एक्सपल्स सिरिज ३२ हजार रुपैयाँसम्मले महंगो...
हिरो मोटोकर्पले जुलाई २०२५ मा दुई नयाँ किफायती इलेक्ट्रिक स्कुटर लन्च...
काठमाडौं– नेपाल जेनरल मार्केटिङले हिरो मोटरसाइकल तथा स्कुटरको वारेन्टी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...