यामाहाले देखायो इलेक्ट्रिक मिनी रेस बाइक र सेल्फ ब्यालेन्सिङ स्कुटरको कन्सेप्ट

यामाहाले दुई नयाँ इलेक्ट्रिक टु–ह्विलरको कन्सेप्ट देखाएको छ । १२ दिनपछि आयोजना हुने जापान मोबीलीटी शोको पूर्वसन्ध्यामा कम्पनीले ई–एफभी इलेक्ट्रिक मिनी रेस बाइक र इलोभ सेल्फ ब्यालेन्सिङ स्कुटरको कन्सेप्ट सार्बजनिक गरेको हो । उक्त शोमा यी बाइकलाई पनि शोकेस गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याउन लागेको ई–एफभी इलेक्ट्रिक मिनी रेस बाइक बिल्कुलै नयाँ प्रबिधीको हुने जनाइएको छ । सो नयाँ बाइकलाई भ्वाइस कमान्ड मार्फत गुडाउन सकिने कम्पनीले दावी गरेको छ । साथै यो बाइक चलाउन निकै सजिलो र जसले पनि सहजै हाँक्न सक्नेछन् ।

यसैगरी अर्को सेल्फ ब्यालेन्सिङ स्कुटरमा यामाहा आँफैले बिकास गरेको एड्भान्स्ड मोटरसाइकल स्ट्याबिलिटी एसिस्ट सिस्टम दिइएको छ । सो सिस्टमलाई प्रयोगमा ल्याएर कम्पनीले सन् २०५० सम्ममा बाइक दुर्घटनाबाट हुने मृत्यूलाई सून्यमा झार्ने लक्ष्य लिएको छ ।

यी नयाँ बाइकमा कुन साइजको ब्याट्री कती क्षमताको मोटर जडान गरिँदैछ भन्ने विषयमा कम्पनीले हालसम्म कुनै जानकारी वाहिर ल्याएको छैन । साथै यसको अनुमानित रेन्ज, मूल्य र अन्य फिचरलाई समेत सार्बजनिक गरिएको छैन ।

सम्बन्धित समाचारहरू

सकियो यामाहा एमटी–१५ बीएस६ को प्रतीक्षा : नेपाली ग्राहकले अब छिट्टै नै डेलिभरी पाउने

सकियो यामाहा एमटी–१५ बीएस६ को प्रतीक्षा : नेपाली ग्राहकले अब छिट्टै नै डेलिभरी पाउने

काठमाडौं – गत वर्ष एकै पटक २ सय यामाहा एमटी–१५ बीएस६ मोटरसाइकल डेलिभरी गरेर...

यामाहाले ल्यायो ‘डिफाई योर ईएमआई’ अफर : दैनिक ११९ रुपैयाँमा स्कुटर, ३ ईएमआई फ्रि

यामाहाले ल्यायो ‘डिफाई योर ईएमआई’ अफर : दैनिक ११९ रुपैयाँमा स्कुटर, ३ ईएमआई फ्रि

काठमाडौं – नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

फेस्टिभल सिजनको सुरुवातसँगै नेपालका तीन ठूला टु ह्विलर ब्रान्ड टीभीएस,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...