यस्तो छ यामाहाको नयाँ मोटरसाइकल एफजेड भी३ स्ट्यान्डर्ड (मूल्य र फिचर सहित)

काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले हालसालै एफजेड भी३ को स्ट्यान्डर्ड भेरिएन्ट लन्च गरेको छ । बीएस६ एफआई इन्जिन लागेर आएको यसको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

यामाहाको उत्कृष्ट रेसिङ हेरिटेजबाट प्रेरित यो नयाँ स्पोर्टी मोटरसाइकलमा १४९ सिसी एयर कुल्ड फोर स्ट्रोक ब्लुकोर इन्जिन जडान गरिएको छ । जसको अधिकत पावर १२.४ पिएस र टर्क १३.३ एनएम रहेको छ । एफआई इन्जिन जडान गरिएका कारण यसले प्रतिलिटर पेट्रोलको खपतमा ५० किलोमिटरसम्म माइलेज दिने दावी गरिएको छ । यसको ग्राउन्ड क्लिरियन्स १६५ एमएम रहेको छ ।

यो नयाँ बाइकमा यामाहाले ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्यूल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प जस्ता फिचर सामेल भएको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर दिएको छ । राइडर केन्द्रित टेक्नोलोजीमा आधारित भई निर्माण गरिएको यो नयाँ बाइकले यामाहाको स्पोर्टीनेस, स्टाइल र एक्साइटमेन्टलाई झल्काउने कम्पनीको भनाई छ ।

अगाडी ४१ एमएमको टेलिस्कोपिक सस्पेन्सन र पछाडी ७ स्टेप एड्जस्टेवल मोनोक्रस सस्पेन्सन जडान गरिएको यो मोटरसाइकल आरामदायी रहेको छ । सुरक्षाका लागी यसको दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ । एफजेड सिरिजका अन्य बाइकमा जस्तो यसमा एविएस भने दिइएको छैन ।

सम्बन्धित समाचारहरू

नयाँ इन्जिनसहित लन्च गर्ने तयारीमा यामाहा आरएक्स१००

नयाँ इन्जिनसहित लन्च गर्ने तयारीमा यामाहा आरएक्स१००

यामाहाले चाँडै नै आफ्नो सबैभन्दा लोकप्रिय बाइक आरएक्स१०० बाइक नयाँ इन्जिन...

यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक एफजेड–एक्स १५० नेपाली बजारमा बिक्री–वितरण प्रारम्भ

यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक एफजेड–एक्स १५० नेपाली बजारमा बिक्री–वितरण प्रारम्भ

काठमाडौँ— यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमडब्लु...

आर१५ को इन्जिन राखेर यामाहाले ल्याउने भयो आरएक्स१५५

आर१५ को इन्जिन राखेर यामाहाले ल्याउने भयो आरएक्स१५५

जापजिन टु ह्विलर यामाहाले आफ्नो लोकप्रिय सिरिज आरएक्सलाई पुन बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...