महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले १२ वटा मोडलमा मूल्य बृद्धि गरेको छ । यी मोटरसाइकलमा ३ हजार रुपैयाँसम्म बढाएर कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । वाँकी मोटरसाइकलमा भने पुरानै मूल्यलाई निरन्तरता दिइएको छ ।

कम्पनीले प्लाटिना, डिस्कोभर १२५ एसटी, पल्सर १५० एसडी तथ टिडी, पल्सर २२० एफ एविएस, पल्सर एनस २०० एविएस, एभेन्जर १६० स्ट्रिट र एभेन्जर २२० क्रुजमा ३ हजारका दरले मूल्य बढाएको छ भने डिस्कोभर १२५ डिस्क, पल्सर १२५ डिस्क, पल्सर १२५ एनएस र पल्सर १६० एनएस डुअल एविएस मा २ हजारका दरले बृद्धि गरेको छ ।

यसअघि १ लाख ९९ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको प्लाटिनाको नयाँ मूल्य २ लाख २ हजार ९०० पुर्याइएको छ भने २ लाख ४३ हजार ९०० मा बिक्री हुँदै आएको पल्सर १२५ एसटीको २ लाख ४६ हजार ९०० पुगेको छ ।

यसैगरी, २ लाख ९५ हजार ९०० मा बिक्री हुँदै आएको पल्सर १५० एसडीको नयाँ मुल्य २ लाख ९८ हजार ९०० पुगेको छ भने ३ लाख १३ हजार ९०० पर्ने पल्सर १५० टीडीको ३ लाख १६ हजार ९०० कायम गरिएको छ । साथै, पल्सर २२० एफ एविएस, पल्सर एनएस २०० एविएस, एभेन्जर १६० स्ट्रिट र एभेन्जर २२० क्रुजमा पनि ३ हजार रुपैयाँका दरले बृद्धि गरिएको छ । यी बाइकको नयाँ मूल्य क्रमशः ३ लाख ९९ हजार ९००, ३ लाख ९१ हजार ९००, ३ लाख ६८ हजार ९०० र ४ लाख १२ हजार ९०० पुगेको हो ।

२ हजार रुपैयाँका दरले बृद्धि भएका डिस्कोभर १२५ डिस्क, पल्सर १२५ डिस्क, पल्सर १२५ एनएस र पल्सर एनएस १६० डुअल एविएसको नयाँ मूल्य क्रमश ३ लाख ३८ हजार ९००, २ लाख ५९ हजार ९००, २ लाख ८७ हजार ९०० र ३ लाख ८६ हजार ९०० तोकिएको छ ।

वाँकी मोडलहरु डोमिनार २५०, डोमिनार ४०० पल्सर २५० एन, पल्सर २०० एनएस नन् एविएस, २०० एनएस एफआई एविएस विएस६ र २०० एनएस एफआई डीसी एविएस विएस६ मा भने पुरानै मूल्यलाई नितरन्तरता दिइएको छ ।

सम्बन्धित समाचारहरू

बीएस६ भर्सनको पल्सर एनएस १६० र एनएस २०० को नेपालमा बुकिङ खुल्दै

बीएस६ भर्सनको पल्सर एनएस १६० र एनएस २०० को नेपालमा बुकिङ खुल्दै

काठमाडौं – नेपाली बजारमा पल्सर एनएस एनएस १६० र एनएस २०० बीएस६ भर्सनको बुकिङ...

बजाजको वेबसाइटबाट हट्यो पल्सर एन १५०, के बन्द गर्न लागिएको हो ?

बजाजको वेबसाइटबाट हट्यो पल्सर एन १५०, के बन्द गर्न लागिएको हो ?

१५० सिसी सेग्मेन्टमा सबैभन्दा पावरफुल मानिने बजाज पल्सर एन १५० लाई...

भारतमा बजाज डोमिनार २५० को मूल्यमा भारी गिरावट, नेपालमा पनि घट्ने अपेक्षा

भारतमा बजाज डोमिनार २५० को मूल्यमा भारी गिरावट, नेपालमा पनि घट्ने अपेक्षा

भारतीय बजारमा बजाज डोमिनार २५० को मूल्य एकै पटक १६ हजार ८ सय भारुले घटेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...