एमजी–४ को मूल्य ४१.४९ लाख र कमेटको १८ लाखदेखी शुरु

नेपाली अटो बजारमा केही समयदेखी चर्चा कमाउँदै आएका एमजी–४ र कमेट ईभीको मूल्य आज सार्वजनिक भएको छ । एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले आइतवार एक कार्यक्रमको आयोजना गरी यी दुई ईभीको मूल्य सार्वजनिक गरेको हो ।

पारामाउन्टले कमेट इभीको शुरुवाती मूल्य १७ लाख ९९ हजार र २० लाख ९९ हजार निर्धारण गरेको छ भने एमजी–४ को ४१ लाख ४९ हजार र ५८ लाख ९९ हजार तोकेको छ । कमेट प्ले र पेस गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ भने एमज–४ पनि कम्फर्ट र लक्जरी गरी दुईवटै भेरिएन्टमा उपलब्ध हुनेछ ।

यी दुई ईभीमा कमेट भारतमा वनेको हो भने एमजी–४ लाई चीनबाट आयत गरी ल्याईएको हो । मिनी ईभी कमेटमा एमजीले १७.३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर जडान गरेको छ । यो ईभीलाई एकपटकको सिंगल चार्जमा २३० किलोमिटर चलाउन सकिने दावी गरिएको छ ।

कमेटमा यात्रुको सुरक्षाका लागि आईपी–६७ रेटेड ब्याट्री, डुअल फ्रन्ट एयर व्याग, रियर पार्किङ सेन्सर र सवै यात्रुका लागि सिट वेल्टहरु राखिएको छ । सुविधा र सहजताका लागी यसमा एलसिडी स्क्रिन, रिमोट कन्ट्रोल लकिङ, म्यानुअल एसि र हिटर लगायत फिचर पाउन सकिन्छ । कम्पनीले यसको ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म अर्थात ८ वर्ष र हाई भोल्टेज कम्पोनेन्टमा १ किलोमिटरसम्म अर्थात ३ वर्षको वारेन्टि प्रदान गर्ने बताएको छ ।

यसैगरी एमजी–४ को कम्फर्ट भेरिएन्टमा ५१ किलोवाट आवर क्षमताको ब्याट्री र ९९ किलोवाट मोटर एवं लक्जरी भेरिएन्टमा ६४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाट मोटर पाउन सकिन्छ । सिंगल चार्जमा यसले ४३५ किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ ।

हेर्दा निकै नै आकर्षक देखिने एमजी–४ ‘युके कार अफ द इयर–२०२३’ बाट सम्मानित ईभी हो भने यसले युरो एनक्यापमा ५ स्टार रेटिङ हात पारेको छ । यो ईभीको प्रमुख विशेषताका रुपमा इन्डिभिजुअल सस्पेन्सन र रियर ह्विल ड्राइभलाई लिने गरिएको छ । यो फिचर नेपाली बजारमा उपलब्ध यहि सेग्मेन्टका अन्य ईभीमा पाउन नसकिने कम्पनीको दावी छ ।

यात्रुहरुको सुरक्षाका लागि यसमा रियर आइसोफिक्स, रिभर्स क्यामेरा, फ्रन्ट साइड एयर व्याग, टायर प्रेसर मनिटरिङ सिस्टम र सिट बेल्ट रिमाइन्डर जस्ता फिचर दिइको छ । साथै यसमा मोबाइल फोन ब्लुटुथ की, ५ वटा ड्राइभिङ मोड र टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत कम्फर्ट फिचर पाउन सकिन्छ ।

एमजी–४ को ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म अर्थात ८ वर्षको वारेन्टि र हाई भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म अर्थात ३ वर्षको वारेन्टि पाउन सकिने कम्पनीले जनाएको छ ।

यसअघि एमजी जेडएस ईभी भित्र्याएर कारोवार गर्दै आएको पारामाउन्ट मोटर्सले हाल नेपालभर एसी र डिसी गरी १९ वटा आफ्नै चार्जिङ पूर्वाधारबाट सेवा दिँदै आएको छ । यस वर्षको अन्त्यसम्ममा कम्पनीले यस्तो पूर्वाधारलाई विस्तार गरेर ५० वटासम्म पुर्याउने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचारहरू

एमजीको सबै मोडलमा अब पिएम २.५ एयर फिल्टर

एमजीको सबै मोडलमा अब पिएम २.५ एयर फिल्टर

एमजी मोटर इन्डियाले आफ्ना सबै मोडलमा पिएम २.५ एयर फिल्टर र एयर प्युरिफायर...

एमजी बन्यो युरोप र बेलायतमा १० लाख युनिट कार बिक्री गर्ने पहिलो चिनियाँ अटो ब्रान्ड

एमजी बन्यो युरोप र बेलायतमा १० लाख युनिट कार बिक्री गर्ने पहिलो चिनियाँ अटो ब्रान्ड

चिनियाँ अटो निर्माता एमजी युरोप र बेलायतमा १० लाखभन्दा बढी सवारी साधन...

एमजी जेडएस ईभीको अर्को भर्सन आउदै, टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने

एमजी जेडएस ईभीको अर्को भर्सन आउदै, टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने

एमजी मोटर्सले २०२२ एमजी जेडएस ईभी फेसलिफ्ट लन्च गर्ने तयारी गर्दैछ । जसमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...