११० सिसी इन्जिनमा पनि आयो हिरो डेस्टिनी, यस्तो छ मूल्य र फिचर
हिरो मोटोकर्पले भारतमा डेस्टिनी ११० लन्च गरेको छ । यसअघि १२५ सिसी इन्जिनमा...
सन् २००३ मा पहिलो पटक लन्च गरिएको हिरो मोटोकर्पको करिज्मा पुनः लन्च हुने भएको छ । कम्पनीले करिज्मा एक्सएमआरको नयाँ टिजर जारी गरेको छ । करिज्मा एक्सएमआर अगस्त २९ मा लन्च हुने भएको छ । यो पूर्ण रूपमा फेयर बाइक हुनेछ ।
हालै सार्वजनिक गरिएको अर्को टिजरमा यसको हेडलाइट र टेललाइटको झलक देखाइएको छ । यसमा ड्युअल प्रोजेक्टर एलईडी हेडल्याम्प दिइएको छ ।
हिरो करिज्मा एक्सएमआरमा अग्लो रियर र स्प्लिट सिट दिइएको छ । यस बाइकमा क्लिप अन ह्यान्डलबार, रियर सेट फुट पेग्स, नयाँ लाइट अलोय ह्विल, रियर भ्यू मिरर आदि दिइएको छ ।
बाइकमा सस्पेन्सनका लागि अगाडिको भागमा टेलिस्कोपिक फ्रन्ट फोर्क र रियरमा मोनोशक रियर एब्जर्बर प्रदान गरिएको छ । यसमा २१० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन दिइएको छ, जसले २५ बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड गियरबक्स हुनेछ ।
यसमा ब्लुटुथ कनेक्टिभिटी, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडलाइट, एलईडी टेललाइट जस्ता फिचर दिइएको छ । यसमा आकर्षक फ्रन्ट एन्ड, शार्प साइड प्यानल, मस्कुलर फ्युल ट्याङ र स्प्लिट स्टाइल सिट दिइएको छ । यसमा शार्प लाइन र एङ्गल दिइएको छ ।
हिरो करिज्मा एक्सएमआरको बुकिङ चाँडै सुरु हुनेछ र यसको डेलिभरी सेप्टेम्बर २०२३ देखि सुरु हुनेछ । सो बाइकको मूल्य १ लाख ७० हजार भारु हुने अनुमान गरिएको छ । सो बाइकले भारतीय बजारमा १८० देखि २०० सीसीसम्मका बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।
हिरो मोटोकर्पले भारतमा डेस्टिनी ११० लन्च गरेको छ । यसअघि १२५ सिसी इन्जिनमा...
हिरो मोटोकर्पले भारतमा नयाँ २०२६ हिरो एक्स्ट्रिम १६०आर ४भी कम्ब्याट एडिसन...
सिजी मोटर्सले पहिलो पटक ‘हिरो एक्सचेञ्ज एण्ड इभल्भ’ कार्यक्रम आयोजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...