हिरो करिज्मा अपडेट सहित भारतमा लन्च गर्ने तयारी अवस्थामा

युवाहरु माझ निकै लोकप्रिय हिरो करिज्मा बाइकको उत्पादन सन् २०१५ मा अचानक बन्द भएको थियो । तर अब फेरि हिरो मोटोकर्पले सो बाइकको अपडेट भर्सन ल्याउने तयारी गरेको छ । कम्पनीले सो बाइकमा धेरै परिवर्तन गर्ने भएको छ ।

हिरो मोटर्सले करिज्माको नयाँ मोडल करिज्मा एक्सएमआर २१० नामले लन्च गर्न लागेको छ । यो करिज्मा जेएमआरको नयाँ भेरिएन्ट हुनेछ । रिपोर्टका अनुसार कम्पनीले फेस्टिभ सिजनमा सो बाइक लन्च गर्ने अनुमान गरिएको छ । सो बाइक लन्च भएमा बजाज पल्सर २५०, डोमिनार २५० र सुजुकीको जिक्सरलाई निकै खतरा हुनेछ ।

यद्यपि कम्पनीले नयाँ करिज्माको कुनै विवरण सार्वजनिक गरेको छैन । तर रिपोर्टका अनुसार नयाँ करिज्मामा एलईडी हेडल्याम्प, टेलल्याम्प, स्प्लिट सिट, एक्जस्ट नोट र अपलिफ्टेड ह्यान्डलबार हुनेछ । बाइकमा एबीएसका साथै नयाँ अलोय ह्विल र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि हुनेछ ।

बाइकको इन्जिन पहिलेको तुलनामा क्युबिक क्षमतामा अलिकति कम भए पनि बाइकको पावर भने बढाइएको छ । बाइकमा इन्जेक्सन टेक्नोलोजीले सुसज्जित लिक्विड कुल्ड इन्जिन हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

फिचर अपडेट भएर आउँदै करिज्मा एक्सएमआर, सस्पेन्सन र क्लस्टर नयाँ हुने

फिचर अपडेट भएर आउँदै करिज्मा एक्सएमआर, सस्पेन्सन र क्लस्टर नयाँ हुने

हिरो मोटोकर्पले २०२४ एक्मा शोमा करिज्मा एक्सएमआरको नयाँ एडिसन प्रदर्शन...

कति दिन्छ हिरो सुपर स्प्लेन्डरले माइलेज, माइलेज च्यालेन्ज क्याम्पमा देखियो आश्चर्यजनक नतिजा

कति दिन्छ हिरो सुपर स्प्लेन्डरले माइलेज, माइलेज च्यालेन्ज क्याम्पमा देखियो आश्चर्यजनक नतिजा

काठमाडौं – नेपालमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले...

समयमै सुटिङमा पुग्न जब अमिताभ बच्चनले मागे लिफ्ट

समयमै सुटिङमा पुग्न जब अमिताभ बच्चनले मागे लिफ्ट

भारतका चर्चित अभिनेता अमिताभ बच्चनले एक बाइकसँग लिफ्ट मागेको कार्यले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...