पल्सर एनएस २०० अव पाँच भेरिएन्टमा उपलब्ध, यस्तो छ सवै भेरिएन्टको मुल्य र फिचर

पल्सर सिरीज बजाजको सवैभन्दा सफल मोडल हो । नेपालमा यसको १२५ देखी २५० सिसी सम्मका मोडल उपलब्ध छन् । यी मध्ये एनएस २०० युवा राइडरमाझ लोकप्रिय वनिरहेको छ । न्याकेड डिजाइनको यो मोटरसाइकल ५ भिन्न भेरिएन्टमा उपलब्ध छ । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले हालै यसको डुअल च्यानल एविएसयुक्त विएस६ मोडलको वुकिङ खूल्ला गरेको छ । यसअघि सो वाइक विएस६ सिंगल च्यानल एविएसमा मात्र उपलब्ध थियो ।

विएस४ इन्जिनमा यसको ३ वटा भेरिएन्ट बिक्री हुँदै आएको छ भने विएस६ मा सिंगल च्यानल र डवल च्यानल एविएस सहति दुई भेरिएन्ट उपलब्ध छ । जसमध्ये विएस४ को एउटा भेरिएन्टमा एविएस दिइएको छैन भने वाँकी दुई भेरिएन्टमा एविएस पाउन सकिन्छ । यसको दुई ओटा भेरिएन्टमा कार्वुरेटर र अर्को एउटामा एफआई इन्जिन दिइएको छ ।

एविएस नभएको एनएस २०० को मूल्य नेपाली बजारमा ३ लाख ३५ हजार ९०० रुपैयाँ तोकिएको छ भने एविएस भएको कार्वुरेटर इन्जिनयुक्त भेरिएन्टलाई ३ लाख ७९ हजार ९०० रपैयाँ पर्छ । यसैगरी विएस ४ कै एविएस भएको एफआई भेरिएन्टलाई ४ लाख १ हजार ९०० निर्धारण गरिएको छ ।

कम्पनीले विएस६ सिंगल च्यानल एविएस भेरिएन्टको मूल्य ४ लाख १३ हजार ९०० र हालै वुकिङ खुल्ला गरिएको यसको डुअल–एविएसलाई ४ लाख २४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । यी दुवै भेरिएन्टमा एफआई इन्जिन पाउन सकिन्छ ।

१९९.५ सिसी क्षमताको इन्जिन जडित यो मोटरसाइकलको पावर र टर्क इमिसन स्ट्यान्डर्ड अनुसार फरक फरक छ । जसमा विएस४ स्ट्यान्डर्डले २३.५ पिएस र विएस६ ले २४.५ पिएस पावर दिँदा टर्क क्रमश १८.६ र १८.३ एनएम रहेको छ । ६ स्पिड गियरवक्स जडान गरिएको सो वाइकलाई १२५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा हाँक्न सकिन्छ ।

यसको डुअल च्यानल एविएस भेरिएनटमा ३३ एमएमको यूएसडी टलिस्कोपिक फर्क र नाइट्रोक्स मोनोसक सस्पेन्सन पाउन सकिन्छ भने अन्य भेरिएन्टमा एन्टि फ्रिक्सन वुस सहितको टेलिस्कोपिक र नाइट्रोक्स मोनोसक सस्पेन्सन दिइएको छ । पल्सर एनएस २०० ले प्रति लिटर इन्धनको खपतमा ३५ किलोमिटर माइलेज दिने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

पल्सर ‘१०० एनएस कम्युनिटी राइड’ सम्पन्न

पल्सर ‘१०० एनएस कम्युनिटी राइड’ सम्पन्न

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज...

बजाजको नयाँ मूल्य सूची सार्वजनिक : पल्सर २२० एफ सहित तीन मोडलको बढ्यो मूल्य

बजाजको नयाँ मूल्य सूची सार्वजनिक : पल्सर २२० एफ सहित तीन मोडलको बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा बजाज मोटरसाइकलका तीन मोडलको मूल्य वृद्धि भएको छ ।...

बजाज पल्सर एन१५० र एन१६० अपडेट हुँदै, टिजर सार्वजनिक

बजाज पल्सर एन१५० र एन१६० अपडेट हुँदै, टिजर सार्वजनिक

बजाजले सामाजिक सञ्जालमा आफ्नो आगामी बाइक पल्सर एन१५० र एन१६० को टिजर शेयर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...