बजाज–ट्रायम्फ सहकार्यमा उत्पादन भएका दुई नयाँ मोटरसाइकल सार्वजनिक

बजाज र ट्रायम्फले सहकार्य गरी उत्पादन गरेका दुई नयाँ मोटरसाइकल सार्वजनिक गरिएको छ । मंगलबार वेलायतमा सार्वजनिक गरिएका यी मोटरसाइकललाई कम्पनीले भारतमा भने जुलाई ५ मा लन्च गर्ने जनाएको छ ।

यी दुई मोडलमध्ये एउटा मोर्डन क्लासिक रोडस्टार स्टाइको स्पीड ४०० र अर्को डुअल स्पोर्ट सेग्मेन्टको स्क्र्याम्व्लर ४०० रहेका छन् । सो बाइक बेलायतको हिंकलेमा डिजाइन र विकास गरिएको हो ।

दुवै मोटरसाइकलमा ३९८ सिसी क्षमताको लिक्विड कुल्ड टीआर सिरीज इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ३९.५ एचपी र टर्क ३७.५ एनएम रहेको छ । यसमा टर्क एसिस्ट क्लच सहितको ६ स्पिड गियरवक्स दिइएको छ ।

मोटरसाइकलमा डुअल च्यानल एविएस सहित राइड वाई वायर टेक्नोलोजी, एलसिडी स्क्रिन सहितको ठूलो एनालग इन्स्ट्रयूमेन्ट कन्सोल, ह्यान्डल वार माउन्टेड स्क्रोल वटन र यूएसवी चार्जिङ पाइन्ट लगायत फिचर पाउन सकिन्छ ।

यी मोटरसाइकललाई बजाजको प्लान्टमा उत्पादन गरी विश्वभर निर्यात गर्ने ट्रायम्फको योजना छ । भारतीय बजारमा यसको मूल्य २ लाख ९५ हजारदेखी ३ लाख १५ हजार भारुसम्म निर्धारण हुनसक्ने आँकलन गरिएको छ ।

यी वाइकले भारतीय बजारमा रोयल इन्फिल्ड स्क्रयाम ४११, येज्दी स्क्रयाम्बलर, जोन्टेस जीके ३५०, नयाँ हार्ले डेभिडसन एक्स४४० र रोयल इन्फिल्ड हन्टर ४५० जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

बजाजले ल्यायो नयाँ वर्ष लक्षित ‘५ को पन्च’ अफर, बम्परमा १० लाख सम्म जित्न सकिने

बजाजले ल्यायो नयाँ वर्ष लक्षित ‘५ को पन्च’ अफर, बम्परमा १० लाख सम्म जित्न सकिने

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हंसराज हुलासचंद एन्ड...

२ हजार रुपैयाँ सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

२ हजार रुपैयाँ सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत

इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत

भारतको इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरो मोटोकर्प जस्ता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...