हिरो एक्सट्रिम १६०आर को अपडेट भर्सन लन्च, ड्युअल च्यानल एबीएस र फुल्ली डिजिटल मिटर समावेश

हिरो मोटोकर्पले एक्सट्रिमको अपडेट भर्सन २०२३ एक्सट्रिम १६०आर ४भी भारतमा लन्च गरेको छ । कम्पनीले यो १६० सीसी सेग्मेन्टमा भारतको सबैभन्दा सस्तो र हल्का बाइक भएको दाबी गरेको छ । सो बाइक फुल्ली डिजिटल कन्सोल र ड्युअल च्यानल एबीएससहित उपलब्ध छ ।

कम्पनीले यो बाइकलाई स्ट्यान्डर्ड, कनेक्टेड र प्रो गरी ३ भेरिएन्टमा लन्च गरेको हो । यसको मूल्य १ लाख २७ हजार देखि १ लाख ३६ हजार भारु सम्म राखिएको छ । सो बाइक ३ कलरमा उपलब्ध छ । नयाँ एक्सट्रिमले बजाज पल्सर, टीभीएस अपाचे आरटीआर १६० ४भी र यामाहा एफजेड एफआईसँग प्रतिस्पर्धा गर्नेछ ।

सो बाइकमा १६३ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन जडान छ, जसले ८५०० मा १६.६ बीएचपी पावर र १४ एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

नयाँ एक्सट्रिम १६०आर ४भीमा नयाँ ग्राफिक्स, नयाँ डिजाइनको इन्धन ट्यांकी, अगाडि अपसाइड डाउन फोर्क, एलईडी हेडलाइट र डेटाइम रनिङ लाइट समावेश छ । यद्यपि यसको पछाडिको सक एब्जर्बरमा भने कुनै परिवर्तन भएको छैन ।

ब्रेकिङका लागि अगाडि २७६ एमएमको पेटल डिस्क छ । साथै भेरिएन्ट अनुसार पछाडि २२० एमएम पेटल डिस्क वा १३० एमएम ड्रम ब्रेक दिइनेछ । यस बाइकको अगाडि १००/८० ट्युबलेस टायर र पछाडि १३०/७० ट्युबलेस टायर सहित १७ इन्च अलोय ह्विल उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

डिटेल लिक : हिरो एक्सपल्स २०० फोरभी अब -याली एडिसनमा आउने

डिटेल लिक : हिरो एक्सपल्स २०० फोरभी अब -याली एडिसनमा आउने

हिरो मोटोकर्पको लोकप्रिय अफरोडर बाइक एक्सपल्स २०० फोरभी अब -याली एडिसनमा...

परीक्षणको क्रममा देखियो एड्भेन्चर बाइक हिरो एक्सपल्स २१०, यी परिवर्तनको सम्भावना

परीक्षणको क्रममा देखियो एड्भेन्चर बाइक हिरो एक्सपल्स २१०, यी परिवर्तनको सम्भावना

हिरो एक्सपल्स २१० बाइकको परीक्षण सुरु भइसकेको छ । सो बाइक भारतमा लन्च हुनु...

१० हजार नगद छुटमा हिरो मोटरसाइकल, बम्परमा १ लाख उपहार

१० हजार नगद छुटमा हिरो मोटरसाइकल, बम्परमा १ लाख उपहार

काठमाडौं– हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरलक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...