बजाजको ५ दिनका लागि मात्र अफर : शून्य प्रतिशत ब्याजदर, १८ महिना किस्ताबन्दी

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ५ दिनका लागि विशेष अफर लागू गरेको छ । ‘फाइनान्स जात्रा, १८ महिना ० प्रतिशतमा बजाज यात्रा’ नामक यो अफर काठमाडौं उपत्यकाका लागि आज देखि प्रारम्भ भई आगामी बिहीबार सम्म मात्र उपलब्ध हुनेछ ।

यस अनुसार बजाज मोटरसाइकल किन्न चाहने ग्राहकले किस्ताबन्दीमा मोटरसाइकल किन्न सक्ने छन् र यसमा ब्याज लाग्ने छैन । यद्यपि शुरुमा मोटरसाइकलको मूल्यको ५० प्रतिशत रकम भने बुझाउनु पर्नेछ । बाँकी रकम १८ महिना सम्म किस्ताबन्दीको रुपमा बुझाउन सकिने छ ।

हाल नेपाली बजारमा सबैभन्दा धेरै मूल्यको बजाज डोमिनार ४०० देखि सबैभन्दा कम मूल्यको प्लाटिना मोटरसाइकल उपलब्ध छन् । डोमिनार ४०० को मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ छ भने प्लाटिनाको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ छ ।

डोमिनार ४०० को मासिक किस्ता १६ हजार ६६४ रुपैयाँ हुन्छ भने प्लाटिनाको मासिक किस्ता ५ हजार ४९७ रुपैयाँ हुन्छ ।

सम्बन्धित समाचारहरू

अपडेट भएर आयो पल्सर १२५, मूल्य कति ?

अपडेट भएर आयो पल्सर १२५, मूल्य कति ?

बजाज अटोले पल्सर १२५ को नयाँ संस्करण लन्च गरेको छ । अपडेट गरेर ल्याइएको सो...

बजाज ग्रान्ड एक्सचेन्ज मेला : नागरिकता मात्रै भए नयाँ बाइक र थप १० हजार भ्यालुएसन

बजाज ग्रान्ड एक्सचेन्ज मेला : नागरिकता मात्रै भए नयाँ बाइक र थप १० हजार भ्यालुएसन

विराटनगर – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज...

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न बेलायतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...