नयाँ हिरो एक्सट्रिम १६० आर लन्च हुँदै, यस्तो हुनेछ डिजाइन, फिचर र इन्जिन

हिरो मोटोकर्पले चाँडै नै भारतीय बजारमा हिरो एक्सट्रिमको अपडेट भर्सन १४ जुनमा लन्च गर्ने तयारी गरिरहेको छ । हालै सो बाइक परीक्षणको क्रममा देखिएको थियो । यसले टीभीएस अपाचे आरटीआर १५० ४भी र बजाज पल्सर एन१६० सँग प्रतिस्पर्धा गर्नेछ ।

लुक र डिजाइन
बाइकको डिजाइनमा कुनै परिवर्तन गरिएको छैन । यद्यपि यसमा नयाँ ग्राफिक्सको साथ एलईडी हेडल्याम्पको लागि नयाँ क्लस्टरमा पेश गर्नसक्ने सम्भावना रहेको छ । साथै नयाँ थपिएका फिचरलाई कन्ट्रोल गर्न स्विचगियर अपडेट गर्ने सम्भावना छ ।

इन्जिन र ट्रान्समिसन
नयाँ हिरो एक्सट्रिममा च्यासिस र सस्पेन्सन कम्पोनेन्टमा केही परिवर्तनहरु देखिनेछ । अपडेट मोडलमा ४ भल्व हुने सम्भावना रहेको छ । हाल उपलब्ध मोेडल २ भल्व सेटअपमा १५.२ पीएसको पावर र १४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल गियरबक्स प्रयोग गरिएको छ ।

फिचर
हिरो एक्सट्रिम १६०आरमा धेरै नयाँ फिचरहरू समावेश गर्ने सम्भावना छ । यसमा राइडिङ मोडको साथमा ब्लुटुथ कनेक्टिभिटीको विकल्पका साथै यूएसबी चार्जिङ पोर्ट पनि हुनेछ ।

मूल्य
हालसम्म नयाँ बाइकको मूल्य सार्वजनिक भएको छैन । तर अपडेटेड मोडलमा करिब ३ हजारदेखि ४ हजार भारु सम्मको वृद्धि हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

चाडपर्वको झल्को दिदै अटो कम्पनीहरु : ल्याउन थाले दसैं स्किम

चाडपर्वको झल्को दिदै अटो कम्पनीहरु : ल्याउन थाले दसैं स्किम

दसैं तिहार जस्ता चाडपर्व नजिकिदै छन् । आगामी असोजको दोस्रो साता देखि...

हिरो एक्सपल्स सिरिजको मूल्य ३२ हजारसम्मले वृद्धि, २०० टीको मूल्य अव ३ लाख ८४ हजार

हिरो एक्सपल्स सिरिजको मूल्य ३२ हजारसम्मले वृद्धि, २०० टीको मूल्य अव ३ लाख ८४ हजार

हिरोको सर्बाधिक लोकप्रिय वाइक एक्सपल्स सिरिज ३२ हजार रुपैयाँसम्मले महंगो...

हिरो एक्सपल्सकाे “द फर्स्ट २१० एक्सपेरियन्स” सम्पन्न, एक अविस्मरणीय एड्भेन्चर अनुभव

हिरो एक्सपल्सकाे “द फर्स्ट २१० एक्सपेरियन्स” सम्पन्न, एक अविस्मरणीय एड्भेन्चर अनुभव

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...