अपडेटेड किया पिकान्टोको तस्विर लिक, यस्तो हुनेछ विशेषता

२०१७ मा पहिलो पटक लन्च गरिएको किया पिकान्टोको सफलता पछि कम्पनीले अब पिकान्टोको फेसलिफ्ट मोडल लन्च गर्ने तयारीमा रहेको छ । कम्पनीको सबैभन्दा सस्तो र साना कार मध्ये एक नयाँ किया पिकान्टोको फोटो सामाजिक सञ्जालमा लिक भएको छ ।

कियाका अन्य कारहरु स्पोर्टेज, सोरेन्टो, ईभी६ र ईभी९ मा जस्तै यसमा पनि ‘अपोजिट्स युनाइटेड’ डिजाइन ल्यांग्वेज प्रयोग गरिएको छ । यसमा पनि टाइगर नोज फ्रन्ट ग्रिल, डे टाइम रनिङ लाइट सहितको भर्टिकल एलईडी हेडलाइट र एलईडी रियर लाइट बार रहेको छ ।

लिक भएको तस्बिर अनुसार कार एकदम फरक र आकर्षक देखिएको छ । यसको फ्रन्ट र रियरको डिजाइनमा केही परिवर्तन गरिएको छ । जबकि साइडको केही भागमा पहिलाको जस्तो देखिन्छ । पिकान्टो फेसलिफ्टमा रिफ्लेक्टर स्टाइल एलईडी हेडलाइट रहेको छ । साथै पछाडि नयाँ एलईडी टेललाइट जडान गरिएको छ ।

कारमा एड्भान्स फिचरको रुपमा टचस्क्रिन डिस्प्ले दिइएको छ । सेफ्टीको लागि कारमा एडीएएसको साथमा ईबीडीको सुविधा पनि प्रदान गरिएको छ । कारमा १.२ लिटर पेट्रोल इन्जिन, जसले ८३ बीएचपीको पावर र १२२ एनएमको टर्क जेनेरेट गर्ने र १.० लिटर टर्बाे पेट्रोल इन्जिन, जसले १०० बीएचपीको पावर र १७२ एनएमको टर्क जेनेरेट गर्ने इन्जिन जडान गरिनेछ ।

नयाँ किया पिकान्टोमा प्यासेन्जर एयरब्याग, ड्राइभर एयरब्याग, एयर कन्डिसनर, एयर क्वालिटी, अटोमेटिक क्लाइमेट कन्ट्रोल, हिटर, रिमोट ट्रंक ओपनर, बुट लाइट, डिजिटल ओडोमिटर, ड्राइभर डिस्प्ले, रियर सिट हेडरेस्ट, रियर सिट सेन्टर आर्मरेस्ट र रियर कप होल्डर जस्ता फिचर दिने सम्भावना छ ।

कारमा सेफ्टीका लागि ब्रेक असिस्ट, सेन्ट्रल लकिङ, पावर डोर लक, चाइल्ड सेफ्टी लक्स, रियर सिट बेल्ट, सिट बेल्ट वार्निङ, ट्रयाक्सन कन्ट्रोल, टायर प्रेसर मनिटर र अटोमेटिक हेडल्याम्प जस्ता फिचर दिइनेछ ।

सम्बन्धित समाचारहरू

ओलाले सबैभन्दा कम मूल्यको इलेक्ट्रिक स्कुटर लन्च गर्दै

ओलाले सबैभन्दा कम मूल्यको इलेक्ट्रिक स्कुटर लन्च गर्दै

सेप्टेम्बरमा इलेक्ट्रिक टु ह्विलर सेग्मेन्टमा नम्बर १ स्थानमा रहन सफल ओला...

अटो एक्सपो २०२३ मा किया, इभी ९ देखी पुलिस कारसम्म प्रदर्शन

अटो एक्सपो २०२३ मा किया, इभी ९ देखी पुलिस कारसम्म प्रदर्शन

भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपो २०२३ मा कोरियन अटो निर्माता कियाले...

१ बर्षमै १ लाख युनिट नाघ्यो किया सोनेटको बिक्री, सेग्मेन्टको १७ प्रतिशत हिस्सा ओगट्न सफल

१ बर्षमै १ लाख युनिट नाघ्यो किया सोनेटको बिक्री, सेग्मेन्टको १७ प्रतिशत हिस्सा ओगट्न सफल

भारतीय बजारमा किया सानेट लन्च भएको १ बर्ष पुरा भएको छ । अघिल्लो बर्षको यसै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...