बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

सर्वसाधारणले चढ्ने मोटरसाइकलमा कर बढाइरहेको सरकारले यो पटक भने धनी वर्गले चढ्ने लक्जरियस सेग्मेन्टको मोटरसाइकलमा भारी करको दर घटाएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयकमा आर्थिक वर्ष २०८०/८१ को लागि २५० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकलमा कर घटाएसँगै मोटरसाइकलको मूल्य घट्ने भएको हो। यसले गर्दा अबदेखि लक्जरियस सेग्मेन्टको बाइक खरिद गर्ने ग्राहकले कम मूल्यमा बाइक किन्न सक्ने अवस्था सृजना भएको छ। मूल्य धेरै हुने कारण यस्ता बाइकहरुको बिक्रीमा कमी आइरहेको थियो।

आर्थिक विधेयक अनुसार अब २५० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइलमा लाग्दै आएको सडक निर्माण दस्तुरमा ३० हजार छुट दिने व्यवस्था गरिएको छ। यो सँगै अब ५० हजार रुपैयाँ लाग्दै आएको कर २० हजार मात्र तिरे पुग्ने भएको छ।

यस्तै २०० देखि २५० सीसीमा २० प्रतिशत अन्तस्शुल्क पनि घटाएको छ। यो सेग्मेन्टमा यसअघि ८० प्रतिशत अन्तस्शुल्क लाग्दै आएको थियो। अब भने ६० प्रतिशत मात्र अन्तस्शुल्क लाग्ने छ।

अहिले नेपालमा बजाज र टीभीएसले यस्ता बाइकहरुको एसेम्बल नेपालमै गर्ने गरेका छन्। यो घटेको करले सबै ब्रान्डका बाइकको मूल्य घट्ने भएको छ।

हालै बजाजले डोमिनार ४०० को मूल्य घटाइसकेको छ । पहिले यसको मूल्य ६ लाख ५९ हजार ९ सय रुपैयाँ रहेकोमा अब ५ लाख ९९ हजार ९ सय रुपैयाँ मात्र छ।

अहिले बजारमा बजाजको डोमिनार, पल्सर एन २५०, रोयल इनफिल्डका सबै मोटरसाइकल ३५० सीसी बाट सुरु हुन्छ। यस्तै जावा, केटीएम ३९० सिरिज, बीएमडब्लु जी ३१० ट्विन, अपाचे आरआर ३१०, येज्दीका सबै मोटरसाइकल, होन्डा सीबी ३५० ट्विन, बेनेली ३०२ एस, यामाहा आर ३ जस्ता मोडल उपलब्ध छन्।

सरकारले छुट दिएको सडक निर्माण कर र अन्तःशुल्क छुटले कम्तिमा ३० हजारदेखि ९० हजार रुपैयाँ घट्ने भएका छन्। रोयल इनफिल्डका सुरुवाती मूल्य ६ लाख ४० हजार रुपैयाँ रहेको छ। यसमा सडक कर ३० हजार रुपैयाँ घट्दा ६ लाख १० हजार रुपैयाँ हुन आउछ।

त्यस्तै जावाका सुरुवाती मूल्य ६ लाख ७३ हजार रुपैयाँ रहेको छ। यसको पनि ३० हजार रुपैयाँ प्रत्यक्ष रुपमा घट्दा ६ लाख ४३ हजार रुपैयाँ हुन आउछ।

यस्तै येज्दीको सुरुवाती मूल्य ९ लाख १६ हजार रुपैयाँ भएकाले यसमा पनि ३० हजार रुपैयाँ सडक कर घट्दा ८ लाख ८६ हजार रुपैयाँ हुन आउछ।

यसैगरी होन्डा सीबी ३५० को ८ लाख ४८ हजार रुपैयाँमा बिक्री भइरहेको छ। यसमा अबको सडक कर घटाउदा ८ लाख १८ हजार रुपैयाँ मूल्य हुने अनुमान गरिएको छ।

बेनेली ३०२ एसको १० लाख ७४ हजार रुपैयाँ मूल्यमा बिक्री भइरहेको छ। जसमा यसको बाइकहरु यही एसेम्बल हुने भएकाले यसको मूल्यमा सडक कर ३० हजार र अन्तशुल्क २० प्रतिशतले घट्नेछ। यसले गर्दा सडक कर घट्दा १० लाख ४४ हजार रुपैयाँ हुन आउछ। जसमा अन्तःशुल्क २० प्रतिशत घट्छ। यसो हुदा यसका बाइकहरुको मूल्य ९ लाखको हाराहारीमा आउने अनुमान गरिएको छ।

यसैगरी केटीएम ३९० को १० लाख ८९ हजार, टीभीएस अपाचे आरआर ३१० को ७ लाख ९९ हजार र यामाहा आर ३ को मूल्य ९ लाख २४ हजार रुपैयाँ रहेको छ।

यी सबै बाइकहरुको मूल्यमा सडक कर घट्दा मात्रै केटीएम ३९० को १० लाख ५९ हजार, आरआर ३१० को ७ लाख ६९ हजार, यामाहा आर ३ को ८ लाख ९४ हजार रुपैयाँ मूल्य कायम हुने अनुमान गर्न सकिन्छ ।

यसैगरी बजारमा उपलब्ध क्रसफायर, क्रसएक्स, टारो, मोटरहेड, जावा लगायतका विभिन्न मोडलका मोटरसाइकलको मूल्यमा केही परिमार्जन हुन सक्छ ।

सम्बन्धित समाचारहरू

बजाजले दर्ता ग-यो ४ नयाँ ट्रेडमार्क नेम, सीएनजीका लागि पनि प्रयोग गर्न सक्ने अनुमान

बजाजले दर्ता ग-यो ४ नयाँ ट्रेडमार्क नेम, सीएनजीका लागि पनि प्रयोग गर्न सक्ने अनुमान

बजाज अटोले टु ह्विलरका लागि ४ वटा नयाँ नाम ट्रेडमार्क गरेको छ । कम्पनीले...

पल्सर एन सिरिज र डोमिनारको मूल्य वढ्यो, यस्तो छ नयाँ मूल्य

पल्सर एन सिरिज र डोमिनारको मूल्य वढ्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज...

पहिलो पटक बजाजले ल्यायो ट्रयाक्सन कन्ट्रोलसहित पल्सर एन२५०

पहिलो पटक बजाजले ल्यायो ट्रयाक्सन कन्ट्रोलसहित पल्सर एन२५०

बजाज अटोले भारतमा पल्सर एन२५० लन्च गरेको छ । सो बाइक ट्रयाक्सन कन्ट्रोल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...