आउने भयो अहिलेसम्मको सबैभन्दा ठूलो बजाज पल्सर
बजाज अटो बजाज पल्सर २५० बाइक लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले...
काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेको बजाजको स्पोर्ट्स टुरर बाइक डोमिनार ४०० को मूल्यमा एकै पटक ६० हजार रुपैयाँको कमी आएको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको छ ।
सो बाइकको मूल्य ६ लाख ५९ हजार ९ सय रुपैयाँ रहेकोमा अब ५ लाख ९९ हजार ९ सय रुपैयाँ मात्र हुनेछ ।
हालै संसदमा प्रस्तुत गरिएको नयाँ बजेटमा २५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घटाइएको थियो । यी मोटरसाइकलमा पहिले ९० प्रतिशत सम्म अन्तःशुल्क रहेकोमा अब ६० प्रतिशत मात्र हुने भएको छ । त्यसैगरी सडक निर्माण दस्तुर पनि पहिले ५० हजार रहेकोमा अब ३० हजार मात्र भएको छ ।
यसबाट यी सेगमेन्टका मोटरसाइकलको मूल्यमा केही कमी आउन सक्ने अनुमान गरिएको थियो । सम्भवतः बजेट सार्वजनिक पश्चात पहिलो पटक नयाँ मूल्य घोषणा समेत बजाज डोमिनारकै भएको छ ।
बजाज डोमिनार ४०० मा ३७३.२७ सीसीको ड्युअल ओभरहेड क्यामसाफ् इन्जिन छ, जसले ३९.९ पीएसको पावर र ३५ एनएमको टर्क जेनेरेट गर्छ ।
यसमा ड्युअल एक्जस्ट नोट जस्तै राम्रो साउन्ड आउछ । यसमा फुल एलईडी हेडल्याम्प, ड्युअल च्यानल एबीएस, स्लिपर क्लच असिष्ट, अपसाइड डाउन फ्रन्ट फोर्क्स, फ्युल इन्जेक्सन सिष्टम आदि सुविधा उपलब्ध छन् ।
यसको इन्धन क्षमता १३ लिटर छ भने यसले २५.५९ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।
बजाज डोमिनार नेपाली बजारमा दुई कलरमा उपलब्ध हुने भए पनि हरियो कलर धेरैको रोजाइमा पर्ने बिक्रेताहरुको भनाइ छ । कलरका कारण पनि यसको आकर्षणमा वृद्धि भएको पाइन्छ ।
बजाज अटो बजाज पल्सर २५० बाइक लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले...
काठमाडौं – नेपालमा पछिल्लो समय आम नागरिकको पहुँच बाट टाढा हुनेगरी...
बजाजले हालै पल्सर सिरिजमा सबैभन्दा शक्तिशाली मोटरसाइकल एनएस ४०० जेड लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...