दमदार सेफ्टी र माइलेजसहित बजाजले फेरि ल्यायो एभेन्जरको नयाँ मोडल

बजाजले आफ्नो लोकप्रिय क्रुजर बाइक एभेन्जर २२० स्ट्रिट लन्च गरेको छ । यो बाइक एभेन्जर २२० र एभेन्जर १६० मा आधारित छ । यसमा २२० सीसीको सिंगल सिलिन्डर इन्जिन दिइएको छ ।

सन् २०२० मा बन्द गरिए पनि कम्पनीले हाल यसलाई फेरि लन्च गरेको हो । बजाज एभेन्जर २२० स्ट्रिटमा एक्सटेन्सनको साथमा मस्कुलर फ्युल ट्यांक, स्प्लिट स्टाइल सिट, पिलर ग्र्याब रेल र अन्डरबेली एक्जस्ट सिस्टम जडान गरिएको छ । यसमा ठूलो विन्डस्क्रिन पनि छ । बाइकमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, गोलो हेलोजन हेडल्याम्प, एलईडी टेललाइट र अलोय ह्विल उपलब्ध छ । यसमा १२ लिटरको पेट्रोल ट्यांक पनि समावेश छ ।

सो बाइकमा बीएस६ फेज टु नर्म्स भएको २२० सीसीको इन्जिन दिएको छ । सो इन्जिनले १९ बीएचपी पावर र १७ एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

यसको टप स्पिट १२० किमी प्रति घन्टा छ । यसको माइलेज ४० किमी प्रति लिटर छ । बाइकको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम जोडिएको छ ।

बजाजले आफ्नो नयाँ बाइकको मूल्य १ लाख ४२ हजार भारु तोकेको छ ।

सम्बन्धित समाचारहरू

उत्कृष्ट फिचर र थप ग्राउन्ड क्लियरेन्ससहित बजाजले लन्च गर्‍यो पल्सर एन१२५

उत्कृष्ट फिचर र थप ग्राउन्ड क्लियरेन्ससहित बजाजले लन्च गर्‍यो पल्सर एन१२५

बजाज अटोले १२५ सीसी सेगमेन्टमा उत्कृष्ट फिचर र शक्तिशाली इन्जिनसहितको...

बन्द भएको ४ वर्षपछि अपग्रेड भएर आयो पल्सर १८०

बन्द भएको ४ वर्षपछि अपग्रेड भएर आयो पल्सर १८०

बजाजले आफ्नो चर्चित मोडल पल्सर १८० लाई पुनः बजारमा उतारेको छ । बन्द भएको ४...

ट्रायम्फ स्पिड अव ३५० सिसी इन्जिनमा पनि आउने

ट्रायम्फ स्पिड अव ३५० सिसी इन्जिनमा पनि आउने

बजाजले आफ्नो प्रिमियम मोटरसाइकल ट्रायम्फ स्पिडलाई ३५० सिसी इन्जिनमा समेत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...