हार्ले डेभिडसन, ट्राइम्फ र रोयल इन्फिल्डलाई बिर्सने हिरोले सस्तो अफरोडिङ बाइक ल्याउँदै

हिरो मोटोकर्पले चाँडै नै आफ्नो उत्कृष्ट अफरोडिङ बाइक हिरो एक्सपल्स २०० ४भी लन्च गर्ने तयारी गरेको छ । सो बाइकको अगाडि हार्ले, ट्रायम्फ र रोयल इन्फिल्ड जस्ता कम्पनीका बाइक पनि फिक्का देखिनेछ ।

सो बाइक विशेषगरी अफरोडर्सलाई ध्यानमा राखेर डिजाइन गरिएको हो । सोही अनुसार यसमा फिचर पनि अपलोड गरिएको छ । बाइकमा ड्युअल च्यानल एबीएस सहितको नयाँ ब्रेकिङ सिस्टम हुनेछ । बाइकको लुक्समा पनि परिवर्तन गरिएको छ ।

बाइकमा एलईडी हेडल्याम्प दिइएको छ । बाइकमा रोड, अफ रोड र -याली मोड गरी ३ वटा राइडिङ मोड पनि दिइएको छ । नयाँ बाइकमा एबीएसलाई म्यानुअल्ली अपरेट गरेर पनि स्विच अफ गर्न सकिने अनुमान छ ।

हिरो एक्सपल्स २०० ४भीमा १९९.६ सीसीको सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन हुनेछ । सो इन्जिनले १९.१ बीएचपी पावर र १७.३५ एनएमको टर्क जेनेरेट गर्नेछ । रिपोर्टका अनुसार सो बाइले ५० किलोमिटर प्रति लिटरको माइलेज दिने अनुमान गरेको छ ।

कम्पनीले सो बाइकको मूल्यबारे कुनै खुलासा नगरेपनि यो बाइकको मूल्य १ लाख ४० हजार देखि १ लाख ५० हजार भारुको बीच हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा आयो नयाँ सुपर स्प्लेन्डर

नेपाली बजारमा आयो नयाँ सुपर स्प्लेन्डर

काठमाडौं – नेपाली बजारमा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक भएको छ । प्रिमियम...

नेपालमै एसेम्बल भएका हिरोका ३ मोटरसाइकल र १ स्कुटरका साथ नेपाली बजार प्रवेश गर्दै सीजी मोटर्स

नेपालमै एसेम्बल भएका हिरोका ३ मोटरसाइकल र १ स्कुटरका साथ नेपाली बजार प्रवेश गर्दै सीजी मोटर्स

काठमाडौं – सीजी मोटर्सले नेपालमै एसेम्बल भएका ३ मोडलका मोटरसाइकल र एउटा...

परीक्षणको क्रममा देखियो एड्भेन्चर बाइक हिरो एक्सपल्स २१०, यी परिवर्तनको सम्भावना

परीक्षणको क्रममा देखियो एड्भेन्चर बाइक हिरो एक्सपल्स २१०, यी परिवर्तनको सम्भावना

हिरो एक्सपल्स २१० बाइकको परीक्षण सुरु भइसकेको छ । सो बाइक भारतमा लन्च हुनु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...