नयाँ राइडिङ मोड र एबीएससहित हिरो ग्ल्यामर एक्स १२५ लन्च
हिरो मोटोकर्पले ग्ल्यामर एक्स १२५ मोटरसाइकल भारतीय बजारमा लन्च गरेको छ।...
हिरो मोटोकर्पले चाँडै नै आफ्नो उत्कृष्ट अफरोडिङ बाइक हिरो एक्सपल्स २०० ४भी लन्च गर्ने तयारी गरेको छ । सो बाइकको अगाडि हार्ले, ट्रायम्फ र रोयल इन्फिल्ड जस्ता कम्पनीका बाइक पनि फिक्का देखिनेछ ।
सो बाइक विशेषगरी अफरोडर्सलाई ध्यानमा राखेर डिजाइन गरिएको हो । सोही अनुसार यसमा फिचर पनि अपलोड गरिएको छ । बाइकमा ड्युअल च्यानल एबीएस सहितको नयाँ ब्रेकिङ सिस्टम हुनेछ । बाइकको लुक्समा पनि परिवर्तन गरिएको छ ।
बाइकमा एलईडी हेडल्याम्प दिइएको छ । बाइकमा रोड, अफ रोड र -याली मोड गरी ३ वटा राइडिङ मोड पनि दिइएको छ । नयाँ बाइकमा एबीएसलाई म्यानुअल्ली अपरेट गरेर पनि स्विच अफ गर्न सकिने अनुमान छ ।
हिरो एक्सपल्स २०० ४भीमा १९९.६ सीसीको सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन हुनेछ । सो इन्जिनले १९.१ बीएचपी पावर र १७.३५ एनएमको टर्क जेनेरेट गर्नेछ । रिपोर्टका अनुसार सो बाइले ५० किलोमिटर प्रति लिटरको माइलेज दिने अनुमान गरेको छ ।
कम्पनीले सो बाइकको मूल्यबारे कुनै खुलासा नगरेपनि यो बाइकको मूल्य १ लाख ४० हजार देखि १ लाख ५० हजार भारुको बीच हुने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...