लन्च भएको एक महिनामै हन्टर बन्यो रोयल इन्फिल्डको सर्बाधिक बिक्री हुने दोस्रो मोटरसाइकल
रोयल इन्फिल्ड हन्टर लन्च भएको एक महिनामै सबैभन्दा बढी बिक्री हुने दोस्रो...
नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा तीन एसेम्बलिङ उद्योग दर्ता भएका छन् । उद्योग विभागमा रोयल इन्फिल्ड, होन्डा र हिरो मोटोकर्पले मोटरसाइकल तथा स्कुटर स्वदेशमै एसेम्बल गर्ने गरी उद्योग दर्ता गरेका छन् ।
रोयल इन्फिल्डका मोटरसाइकल नेपालमा उत्पादन गर्नका लागि टीजी अटो ग्रुप दर्ता भएको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर ९ मा स्थापना हुने गरी टीजी अटो ग्रुप प्रालिको दर्ता गत भदौँ २ गते भएको हो । यसका लागि ३८ करोड लगानी हुनेछ भने वार्षिक ८ हजार मोटरसाइकल उत्पादन गरिने छ । यसमा ६७ जनाले रोजगार पाउने छन् । यसमा ३८ करोड रुपैयाँ लगानी हुनेछ भने वार्षिक ८ हजार मोटरसाइकल उत्पादन गर्ने क्षमता हुनेछ । टीजी अटो ग्रुपमा ६७ जनाले रोजगारी पाउने छन् ।
नेपालमा होन्डा मोटरसाइकल र स्कुटर एसेम्बल गर्नका लागि हिमाल मोटो नेपाल गत भदौ २३ गते दर्ता भएको छ । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा एसेम्बलिङ प्लान्ट रहने सो उद्योगमा ६० करोड रुपैयाँ लगानी हुनेछ । वार्षिक २५ हजार मोटरसाइकल र ७५ हजार स्कुटर एसेम्बल गर्ने क्षमता भएको हिमाल मोटो नेपालमा २०२ जनाले रोजगारी पाउने छन् ।
हिरोका मोटरसाइकल र स्कुटर एसेम्बलिङ गर्ने उद्येश्यका साथ स्थापना भएको एनजीएम इन्जिनियरिङ एन्ड सेल्समा ३३ करोड रुपैयाँ लगानी हुनेछ । वार्षिक ४५ हजार मोटरसाइकल एसेम्बल गर्ने क्षमता भएको उद्योगमा १३० जनाले रोजगारी पाउने छन् । गत भदौ २० मा सो उद्योग दर्ता भएको थियो ।
रोयल इन्फिल्ड हन्टर लन्च भएको एक महिनामै सबैभन्दा बढी बिक्री हुने दोस्रो...
जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो भारतीय उत्पादन पोर्टफोलियोमा...
काठमाडौं – नेपाली बजारमा नयाँ हिरो माएस्ट्रो एज लन्च भएको छ । नेपालका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...