राइडरको रोजाइमा बजाज पल्सर एन १६० : यसरी लिन सकिन्छ यो मोटरसाइकल

नेपाली बजारमा उपलब्ध बजाजका मोटरसाइकल मध्ये पछिल्लो समयमा धेरैले रुचाउने गरेको मोडल हो पल्सर एन १६० । गत कात्तिक महिनाको प्रारम्भमा नेपाली बजारमा भित्रिएको यो मोटरसाइकल अहिले धेरै राइडरहरुको रोजाइमा पर्ने मोटरसाइकल मध्ये एक भएको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीको भनाइ छ ।

हाल ड्युअल च्यानल एबीएस सहितको पल्सर एन १६० नेपाली बजारमा उपलब्ध छ । यसको मूल्य ३ लाख ८६ हजार ९ सय रुपैयाँ छ । ग्राहकले पुरै नगद तिरेर बाहेक केही प्रतिशत रकम डाउन पेमेन्टको रुपमा उपलब्ध गराएर बाँकी रकम मासिक किस्ताबन्दीको रुपमा भुक्तानी गर्न सकिने सुविधा समेत उपलब्ध छ । यसका लागि हुलास फिन सर्भले फाइनान्स सुविधा उपलब्ध गराउने गरेको छ ।

यो मोटरसाइकल लिन चाहनेले २५ प्रतिशत देखि ६० प्रतिशत सम्म रकम डाउन पेमेन्टको रुपमा बुझाउन सकिन्छ । २५ प्रतिशत र ४० प्रतिशत रकम शुरुमा बुझाउदा बाँकी रकम २४ महिना सम्म किस्ताबन्दीमा बुझाउन सकिन्छ भने ५० र ६० प्रतिशत रकम बुझाउदा १८ महिना सम्म मात्र बुझाउनु पर्छ ।

यसरी लिदा २५ प्रतिशत बुझाउदा मासिक रुपमा २४ महिना सम्म १४ हजार ४ सय र ४० प्रतिशत बुझाउदा ११ हजार ३ सय बुझाउनु पर्छ । यसमा क्रमशः १७ र १६ प्रतिशत ब्याज लाग्छ । शुरुमा डाउन पेमेन्टको रुपमा क्रमशः ९६ हजार ७२५ र १ लाख ५४ हजार ७६० रुपैयाँ बुझाउनु पर्छ ।

त्यसैगरी ५० प्रतिशत शुरुमा बुझाउदा १ लाख ९३ हजार ४५० शुरुमा बुझाउनु पर्छ र बाँकी रकम १८ महिना सम्म ११ हजार ३ सयको दरले किस्ताबन्दीको रुपमा बुझाउन सकिन्छ । यसमा ७ प्रतिशत मात्र ब्याज लाग्छ । यसैगरी ६० प्रतिशत डाउन पेमेन्ट बुझाउदा पनि यही अनुसार नियम छ ।

यो वाहेक हाल बजाजले नयाँ वर्षको अवसरमा समेत विभिन्न स्किम उपलब्ध गराइरहेको छ । ती स्किम अन्तर्गत विभिन्न अफर समेत प्राप्त गर्न सकिन्छ ।

यस्तो छ पल्सर एन १६०
पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको पल्सर एन १६० मा ड्युअल च्यानल एबीएस प्रयोग गरिएको छ जुन यो भन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन । साथै यसमा १६५ सीसी बीएस६ इन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् । यस अघि कहिल्यै नभएको पावर, प्रेसिजन र कन्ट्रोल प्रदान गर्ने हिसाबले यस बाइकको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

स्पोर्टि लुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मन पर्ने कम्पनीको भनाइ छ ।

यसमा जडान गरिएको इन्जिनले अधिकतम १६ पीएसको पावर र १४.६५ एनएमको टर्क निकाल्न सक्छ । सुधारिएको पिकअपको लागि ८५ प्रतिशतसम्म पिक टर्क उपलब्ध रहेको कम्पनीले दावी गरेको छ । यसमा ५ स्पिडको गियर बक्स छ । मोनो शक रियर सस्पेन्सन, एलइडि प्रोजेक्टर हेडल्याम्प, अन्डर बेली एग्जस्ट सिस्टम युक्त यो बाइक ट्युबुलर फ्रेम च्यासिसमा बनाइएको छ ।

साथै यसमा पल्सर एन २५० कै जस्तै फ्युल ट्यांक एक्स्टेन्सन, स्प्लिट सिट, अलोय व्हिल र टेल लाइट राखिएको छ ।

सम्बन्धित समाचारहरू

‘बजाज ग्रान्ड कार्निभल’ शुरु, २० बढी भ्यालुएटर्सबाट उच्चतम भ्यालुएसनका साथ बाइक साट्ने अवसर

‘बजाज ग्रान्ड कार्निभल’ शुरु, २० बढी भ्यालुएटर्सबाट उच्चतम भ्यालुएसनका साथ बाइक साट्ने अवसर

काठमाडौँ – बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड...

नयाँ कलरमा आउँदै निन्जा ३०० विएस६, केहि दिनभित्रै लन्च गरिने

नयाँ कलरमा आउँदै निन्जा ३०० विएस६, केहि दिनभित्रै लन्च गरिने

जापनिज टु ह्विलर निर्माता कावासकीले आफ्नो इन्ट्रि लेवल स्पोर्टस् वाइक...

बन्द भएको ४ वर्षपछि अपग्रेड भएर आयो पल्सर १८०

बन्द भएको ४ वर्षपछि अपग्रेड भएर आयो पल्सर १८०

बजाजले आफ्नो चर्चित मोडल पल्सर १८० लाई पुनः बजारमा उतारेको छ । बन्द भएको ४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...