बाइक रोक्दा पहिले कुन ब्रेक थिच्ने ? फ्रन्ट वा रियर ?

मोटरसाइकलमा दुई ब्रेक हुन्छन् । यो मोटरसाइकलको एक अनौठो विशेषता हो । अघिल्लो र पछिल्लो अर्थात फ्रन्ट र रियर भागमा प्रयोग गर्नका लागि उपलब्ध गराइएको ब्रेकको प्रयोग पनि अलग अलग तरिकाले गर्न सकिन्छ ।

बाइक रोक्नका लागि अगाडिको ब्रेक लगाउन सकिन्छ । पछाडिको ब्रेक पनि प्रयोग गर्न सकिन्छ । यद्यपि अधिकांश राइडरहरु यसका लागि पछिल्लो ब्रेक नै प्रयोग गर्छन् । धेरैले अघिल्लो ब्रेकमा हात नै नराख्न सल्लाह पनि दिन्छन् । तर यसो होइन । कामै नहुने भए त किन कम्पनीहरुले यो ब्रेक राख्थे र ।

तपाई यो कुरा थाहा पाउँदा छक्क पर्नुहुनेछ कि अगाडिको ब्रेकले पछाडिको ब्रेकको तुलनामा ७० प्रतिशत बढी ब्रेकिङ पावर दिन्छ। यो भन्दा पनि कसरी बाइकलाई राम्ररी र सुरक्षित रूपमा रोक्ने भन्ने वारेमा पनि धेरौलाई जानकारी छैन । उनीहरुको अज्ञानताका कारण मोटरसाइकललाई ब्रेक लगाउँदा खस्ने, चिप्लने वा राम्ररी नरोक्दा दुर्घटना हुने गरेको छ ।

तपाईले अघिल्लो ब्रेक कहिले लगाउनुहुन्न?
भर्खरै मोटरसाइकल चलाउन सिकेको व्यक्तिले तीव्र गतिमा गुडिरहेको मोटरसाइकलमा अगाडिको ब्रेक लगाउँदा मोटरसाइकल अनियन्त्रित भई पल्टिन्छ । त्यसैले जब कुनै व्यक्तिले ड्राइभ गर्न सिकिरहेका हुन्छन्, ड्राइभिङ शिक्षकले अघिल्लो ब्रेक धेरै नलगाउन सल्लाह दिन्छन्। अधिकांश व्यक्तिहरूले यो सल्लाहलाई जीवनभरको लागि नै हो भन्ने ठान्छन्। तर ध्यान दिनु पर्ने महत्वपूर्ण कुरा के हो भने जब गति धेरै छिटो छ भने हामीले अघिल्लो ब्रेक बलपूर्वक लगाउनु हुँदैन।

दोस्रो, यदि मोटरसाइकल सडकमा सीधा छैन, अलिकति दायाँ वा बायाँ झुकेको छ भने, त्यस समयमा अगाडिको ब्रेक लगाउनु पनि खतरनाक हुन्छ। यस्तो अवस्थामा मोटरसाइकल चिप्लिन सक्छ ।

तेस्रो, यदि तपाईंले तीव्र गतिमा चल्ने बाइकको पछाडिको ब्रेक नलगाई अगाडिको ब्रेक मात्रै लगाउनुभयो भने, पछाडिको पाङ्ग्रा हावामा माथि जान सक्छ। जसले गर्दा बाइक अनियन्त्रित भई लड्न सक्छ । व्यावसायिक राइडरहरूले अगाडिको ब्रेक लगाएपछि मात्र बाइकको पछाडिको पाङ्ग्रा उठाउँछन्। यसलाई स्टन्टको भाषामा स्टप्पी भनिन्छ।

सही ब्रेकिङ प्रविधि के हो?
जब हामीले ब्रेक लगाउछौ हाम्रो तौल र मोटरसाइकलको तौल अगाडिको भागमा ट्रान्सफर हुन्छ । यो अवस्थामा करिव ७० प्रतिशत तौल अगाडि भएको मानिन्छ । ७० प्रतिशत तौल अगाडि भएको अवस्थामा अगाडिको ब्रेकको प्रयोगलाई बेवास्ता गर्न सकिँदैन। यदि तपाईले पनि रियर अर्थात पछिल्लो ब्रेक मात्रै लगाएर बाइक रोक्नु भयो भने तपाई गल्ती गर्दै हुनुहुन्छ । अगाडिको ब्रेक मात्रै लगाउनु पनि मुर्खता हो । पछिल्लो ब्रेक मात्र लगाउदा बाइक चिच्लिन सक्छ भने अगाडिको ब्रेक मात्र लगाउदा बाइक पल्टिन सक्छ ।

बाइकलाई सुरक्षित रूपमा रोक्ने सही तरिका भनेको दुबै ब्रेक प्रयोग गर्नु हो। पछाडिको ब्रेकको साथ ब्रेकिङ सुरु गर्नुहोस्। तर पांग्रा नै जाम हुने गरी पछाडिको ब्रेक कडा नराख्नुहोस् । पछाडिको ब्रेक लगाएको २–३ सेकेन्डपछि गति नियन्त्रणमा आउँदा अगाडिको ब्रेकलाई हल्का रूपमा लगाउनुहोस्। दुबै ब्रेकमा बिस्तारै दबाब बढाउनुहोस्। यसो गर्दा कुनै पनि पाङ्ग्रा जाम हुने छैन र बाइक लड्ने वा चिप्लिने सम्भावना पनि रहने छैन ।

हो, यदि तपाइँ बाइक रोक्न चाहनुहुन्न, केवल स्लो गर्न चाहनु हुन्छ भने रियर ब्रेक मात्र लागू गर्न सक्नुहुन्छ ।

गियर डाउन
बाइकलाई सुरक्षित रुपमा रोक्नका लागि ब्रेक लगाउने समयमा गियर पनि डाउन गर्न सकिन्छ । गियरलाई एक नम्बरमा लिएर रोक्दा सुरक्षित हुन्छ ।

सम्बन्धित समाचारहरू

कस्तो छ ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ को प्राविधिक परीक्षण ? दिइयो प्रधानमन्त्रीलाई जानकारी

कस्तो छ ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ को प्राविधिक परीक्षण ? दिइयो प्रधानमन्त्रीलाई जानकारी

काठमाडौं । यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’...

हुम्ला-काठमाडौँ बस सेवा सुरु

हुम्ला-काठमाडौँ बस सेवा सुरु

काठमाडौँ। हुम्ला-काठमाडौँ बस सेवा सुरु भएको छ । हुम्लादेखि काठमाडौँसम्म...

ब्रेक र एक्सिलेटरमा खुट्टा कसरी राख्ने ?

ब्रेक र एक्सिलेटरमा खुट्टा कसरी राख्ने ?

ड्राइभिङ सिक्नु आजकल धेरै सजिलो भएको छ । कुनै पनि ड्राइभिङ स्कुल वा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...