नयाँ सिट्रोन सी ३ भोलि नेपाली बजारमा सार्वजनिक हुँदै

नेपालका लागि सिट्रोन कारको वितरक सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा नयाँ सिट्रोन सी ३ सार्वजनिक गर्ने तयारी गरेको छ। सांग्रिलाले भोलि बुधबार सो एसयूभी सार्वजनिक गर्ने सम्पूर्ण तयारी गरेको छ ।

अत्याधुनिक फिचरले भरिएको कम्प्याक्ट एसयुभी सिट्रोन सी ३ यसको डिजाइन र स्टाइल स्टेटमेन्टका कारण विश्वभर नै प्रशंसा पाइरहेको छ। यसले नेपाली बजारमा पनि आफ्नो फरक डिजाइन र आधुनिक फिचरले मानक स्थापित गर्ने विश्वास लिइएको कम्पनीको भनाइ छ।

सिट्रोन सी ३, सिट्रोन फ्यामिलीमा सिट्रोन सी ५ एयरक्रसको लन्च पछि थपिएको उत्कृष्ट कम्प्याक्ट एसयूभी कार हो। सिट्रोन सी ३ ले सिट्रोन सी ५ एयरक्रस जस्तै नेपाली कार उत्साहीहरू माझ आफ्नो लागि छुट्टै नाम बनाउने आशा गरिएको छ। फ्रान्सेली ब्रान्ड सिट्रोन यसको नवीनता, डिजाइन र उत्कृष्टता प्रति प्रतिबद्धताका लागि प्रख्यात छ र सिट्रोन सी ३ पनि यस मानेमा अपवाद नरहने विश्वास गर्न सकिन्छ।

आफ्नो आकर्षक शैली, उन्नत सस्पेन्सन प्रणाली र फराकिलो भित्री भागले सिट्रोन सी ३ ले नेपालभरका कार उत्साहीहरूलाई प्रभावित पार्ने निश्चित छ।

नेपालका लागि सिट्रोनको वितरक सांग्रिला मोटर्सले सिट्रोन ब्रान्डसँग आबद्ध रही नेपाली सवारी साधन प्रेमीहरूका लागि नयाँ र उत्कृष्ट युरोपियन गाडीहरूको अनुभव दिन पाउँदा गर्व लागेको बताएको छ।

सन् १९१९ मा स्थापित सिट्रोनले अटोमोबाइल, प्रविधि र मोबिलिटीका समाधानहरू प्रदान गर्दछ। ग्राहकको अनुभवलाई केन्द्रमा राखी आफ्नो उत्पादन निर्माण गर्ने गरेको सिट्रोनले एक साहसी र नवीन ब्रान्डको रूपमा आफुलाई स्थापित गरेको छ।
विशेष गरी आधुनिक शहरको लागि डिजाइन गरिएको एक फरक इलेक्ट्रिक मोबिलिटी भेइकलसँगै सेडान, एसयूभी र व्यावसायिक सवारी साधनहरू समेत बनाउने सिट्रोनका धेरैजसो उत्पादनहरू इलेक्ट्रिक वा प्लग-इन हाइब्रिड पावरट्रेनहरू सहित उपलब्ध छन्।

नवीन सेवासँगै आफ्नो व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरूलाई केन्द्रमा राखेको सिट्रोन विश्वका ६२०० बिक्री तथा ग्राहक सेवाहरूको सञ्जाल मार्फत १०१ विभिन्न राष्ट्रहरूमा फैलिएको छ।

सम्बन्धित समाचारहरू

परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ईसी३ साइन परीक्षणको क्रममा नेपाली...

सीट्रोन ईसी–३ मा थपियो नयाँ भेरिएन्ट, यस्तो छ मूल्य र फिचर

सीट्रोन ईसी–३ मा थपियो नयाँ भेरिएन्ट, यस्तो छ मूल्य र फिचर

फ्रेन्च अटो निर्माता सिट्रोनले ईसी–३ को नयाँ भेरिएन्टलाई भारतमा लन्च...

हुन्डाई क्रेटा र किया सेल्टोसको प्रतिस्पर्धी थपियो, ग्लोबल डेब्यु भयो सिट्रोन सी३ एयरक्रस

हुन्डाई क्रेटा र किया सेल्टोसको प्रतिस्पर्धी थपियो, ग्लोबल डेब्यु भयो सिट्रोन सी३ एयरक्रस

सिट्रोनको एसयूभी सी३ एयरक्रस भारतमा ग्लोबल डेब्यु गरिएको छ । ५ र ७ सिटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...