बागमतीमा ट्याक्सी भाडादर कति ? पेट्रोलियम ट्याक्सी भन्दा विद्युतीय ट्याक्सीको भाडादर किन फरक ?

काठमाडौं उपत्यकामा चल्ने ट्याक्सीको भाडादर गत वर्षको बैशाख महिना देखि परिवर्तन भएको थियो । यस अनुसार पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको सुरु (फ्लाग डाउन) ५० रुपैयाँ छ ।

त्यसमा प्रति दुई सय मिटरमा १० रुपैयाँका दरले भाडादर बढ्दै जानेछ । यो भाडादर बिहान ४ बजेदेखि राति ९ बजेसम्म लागू हुने जनाइएको छ ।

यस्तै विद्युतीय ट्याक्सीका लागि ‘फ्लाग डाउन’ ५० रुपैयाँ र प्रति दुई सय मिटरमा नौ रुपैयाँका दरले बढ्दै जानेछ ।

रात्रिकालीन विद्युतीय ट्याक्सीका लागि सुरुको ‘फ्लाग डाउन’ १३ रुपैयाँ र प्रति दुई सय मिटरमा १३ रुपैयाँका दरले भाडा बढ्दै जानेछ ।

बागमती प्रदेशमा हाल सात हजार ट्याक्सी सञ्चालनमा छन् । त्यसैगरी विद्युतीय ट्याक्सी समेत बढ्दै गइरहेका छन् । साना ठुला सवारीको कार्यालय एकान्तकुनाका अनुसार हालसम्म २३ वटा विद्युतीय ट्याक्सी दर्ता भइसकेका छन्। सरकारले २० वर्ष पुराना सबै ट्याक्सीलाई विद्युतीय बनाउन पर्ने नियम लागु गरेसँगै उपत्यकामा विद्युतीय ट्याक्सी देखिन थालेको हो।

बागमती प्रदेशले प्रदेशभित्र नयाँ र सट्टा दर्ता हुने ट्याक्सीहरुलाई अनिवार्य रुपमा विद्युतीय बनाउने गरी मापदण्ड कार्यान्वयनमा ल्याइसकेको छ।

सम्बन्धित समाचारहरू

दराज महाबचत बजार : यी ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार छुट

दराज महाबचत बजार : यी ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार छुट

काठमाडौं – दराज अनलाइन सपिङले महाबचत बजार उपलब्ध गराइरहेको छ । सो अवसरमा...

पोखरामा १० प्राेटाेन इमास ७ को सामूहिक हस्तान्तरण

पोखरामा १० प्राेटाेन इमास ७ को सामूहिक हस्तान्तरण

पोखरा – नेपालमा प्रोटोन मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

टाटा टियागो पनि ईभी भर्सनमा आउने पक्का

टाटा टियागो पनि ईभी भर्सनमा आउने पक्का

टाटा मोटर्सले हाल कारोबार भैरहेको कम्वस्चन इन्जिनयूक्त ह्याचव्याक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...