नेपाली बजारमा थपियो नयाँ ब्रान्ड, खुल्यो येज्दी मोटरसाइकलको बुकिङ

काठमाडौं – नेपाली बजारमा येज्दी मोटरसाइकलको बुकिङ औपचारिक रुपमा खुलेको छ । नेपालमा हाल जावा मोटरसाइकल बिक्री–वितरण गरिरहेको अग्नि मोटोइंकले येज्दी मोटरसाइकल बिक्रीका लागि उपलब्ध गराउने भएको छ । यसको बुकिङ औपचारक रुपमा खुल्ला गरिएको छ ।

सामाजिक सञ्जालमार्फत यसको औपचारिक बुकिङ खुला भएको कम्पनीको भनाइ छ । क्लासिक लिजेन्ड्सले भारतमा उत्पादन गरेको येज्दीका तीन मोडल नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । येज्दी रोडस्टर, स्क्याम्बलर र एड्भेन्चर गरि तीनवटा नयाँ मोडल नेपाली बजारमा उपलब्ध हुने छन् ।

येज्दीले रोडस्टारमा ३३४ सीसी इन्जिन प्रयोग गरेको छ । सो इन्जिन जावा बाइकमा समेत प्रयोग गरिन्छ । रोडस्टरमा रहेको सिंगल सिलिन्डर लिक्विड कुल्ड युनिटले २९.७ पीएस आउटपुट र २९ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य ९ लाख १६ हजार देखि ९ लाख २५ हजार रुपैयाँ सम्म हुनेछ ।

येज्दी स्क्र्याम्बलरमा ३३४ सीसी सिंगल सिलिन्डर ४ स्ट्रोक लिक्विड कूल्ड डीओएचसी युनिट प्रयोग गरिएको छ । यसको मूल्य ९ लाख ४८ हजार देखि ९ लाख ५६ हजार रुपैयाँ सम्म हुनेछ ।

येज्दी एड्भेन्चर बाइकमा एलईडी हेडलाइट युनिट, एलसीडी डिजिटल डिस्प्ले दिइएको छ । यस बाइकमा ३३४ सीसी सिंगल सिलिन्डर ४–स्ट्रोक लिक्विड कुल्ड डीओएचसी इन्जिन जडान गरिएको छ, जसले ३०.२ पीएस पावर र २९.९ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य ९ लाख ९६ हजार र ९ लाख ९८ हजार रुपैयाँ हुनेछ ।

सम्बन्धित समाचारहरू

२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने

२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने

काठमाडौं – सरकारले हिजो प्रस्तुत गरेको बजेटमार्फत २५० देखि ४०० सीसी...

अपडेटेड डिजाइन र फिचरसहित नयाँ येज्दी एड्भेन्चर आउँदै

अपडेटेड डिजाइन र फिचरसहित नयाँ येज्दी एड्भेन्चर आउँदै

क्लासिक लेजेन्ड्सले आफ्नो चर्चित एडभेन्चर बाइक येज्दी एडभेन्चरको नयाँ...

नेपाली बजारमा येज्दीका तीन मोडल आउदै, यस्तो हुनेछ मूल्य र फिचर

नेपाली बजारमा येज्दीका तीन मोडल आउदै, यस्तो हुनेछ मूल्य र फिचर

काठमाडौं – नेपाली बजारमा येज्दी मोटरसाइकल पहिलो पटक भित्रिने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...