एम्पियर बन्यो भारतको शीर्ष ५ इलेक्ट्रिक स्कुटर ब्रान्ड, नेपालमा लोकप्रिय बन्दै
काठमाडौं–इलेक्ट्रिक स्कुटर ब्रान्ड एम्पियरले भारतमा उल्लेखनीय सफलता...
काठमाडौं – नेपालमा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा थप गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यस सम्बन्धी निर्देशिकामा बुँदा थप गरिएको जानकारी दिएको छ ।
उक्त निर्देशिकाको बुँदा नम्बर ११.१ अन्तर्गतमा नयाँ बुँदा ११.१.९ थप गरि निर्देशिका संशोधन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागले एक सूचना जारी गर्दै उक्त निर्देशिकामा नेपालमा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने बाटो खोलिएको जनाएको छ।
विभागको बैशाख १३ गते बसेको बैठकको निर्णय बमोजिम यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत देहाय अनुसार नयाँ बुँदा ११.१.९ थप गरी संशोधन गरिएको हो।
११.१.९ मा नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरिएको विभागले जनाएको छ।
यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशबाट पाटपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुःन दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन भनेर उल्लेख गरिएको छ।
त्यसैगरी नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुःन दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानुन बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारम समेत पेश गर्नु पर्नेछ भनी उल्लेख गरिएको छ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...