मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता कार्कीले पाइन लुयानको इलेक्ट्रिक स्कुटर
काठमाडौं– हालै सम्पन्न मिसेस नेपाल वर्ल्ड२०२४ कि विजेता डा. डेनिला...
एमजीले भारतका लागि नयाँ इलेक्ट्रिक कार कोमेट ईभी लन्च गरेको छ । यसको मूल्य ७ लाख ९८ हजार भारु तोकिएको छ ।
भारतमा अप्रिल २७ देखि यसको टेस्ट ड्राइभ र बुकिङ मे १५ देखि गर्न सकिने छ । यसको डेलिभरी पनि त्यही समयमा शुरु हुनेछ ।
इन्डोनेसियन कम्पनी वुलिङ एयर ईभीमा आधारित कोमेट ईभीमा बक्सी डिजाइन ल्यांग्वेज छ भने पुरै फराकिलो एलईडी लाइट बार जस्तो आकर्षक टच उपलब्ध छ, जसलाई एमजीले एक्सटेन्डेड होराइजन कनेक्टिङ लाइट भनेको छ ।
दुवै विङ मिररलाई जोड्नका लागि यसको साथमा क्रोम र पियानो ब्ल्याक स्ट्रिम छ । लाइट बारको तल्लो भागमै यसको चार्जर राखिएको छ ।
यसमा १२ इन्चको अलोय ह्विल छ, जुन हाल बजारमा उपलब्ध कुनै पनि कारमा भएको सबैभन्दा सानो ह्विल हो । पछिल्लो भागमा पनि एक्सटेन्डेड होराइजन कनेक्टिङ लाइट छ । यो विभिन्न ५ आकर्षक कलरमा उपलब्ध हुनेछ ।
यसको इन्टेरियर ह्वाइट र ग्रे कलरयुक्त छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रयुमेन्टका लागि दुई १०.२५ इन्चका स्क्रिन छन् । यसमा रोटरी ड्राइभ सेलेक्टर छ ।
कोमेट ईभीमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, म्यानुअल एसी कन्ट्रोल, किलेस इन्ट्री, स्टेयरिङ माउन्टेड कन्ट्रोल, तीन यूएसबी पोर्ट र ५५ वटाभन्दा बढी कनेक्टेड फिचर उपलब्ध छन् । कोमेट ईभीमा भएका सेफ्टी फिचरहरूमा एबीएस, ईबीडी, टीपीएमएस, रिभर्स क्यामेरा र सेन्सरका साथै ड्युअल फ्रन्ट एयरब्यागहरू समावेश छन्।
एमजीले कोमेट ईभीमा १७.३ किलोवाट आवरको ब्याट्री प्रयोग गरेको छ, जुन पानी र धुलोबाट बच्ने विशेषता सहितको छ । यसले २३० किलोमिटरको रेन्ज दिने बताइएको छ । कम्पनीले नै उपलब्ध गराउने ३.३ किलोवाटको अनबोर्ड चार्जरले यसलाई ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
काठमाडौं– हालै सम्पन्न मिसेस नेपाल वर्ल्ड२०२४ कि विजेता डा. डेनिला...
काठमाडौं–एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू विकास गरिरहेको छ । यी...
एमजी मोटरको माउ कम्पनी एसएआईसीले जेएसएडब्लू एमजी मोटर इन्डियामा रहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...