भारतमा उत्पादन भएको सिट्रोनको पहिलो कार सी३ नेपाल भित्रिदै, कति पर्ला मूल्य

काठमाडौं – भारतमा उत्पादन भएको सिट्रोनको पहिलो कार सी३ नेपाली बजारमा आउने भएको छ । नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सो कार आगामी मे ३ अर्थात बैशाख २० गते लन्च गर्ने भएको छ । कम्पनीको सामाजिक सञ्जालमा यस सम्बन्धी जानकारी प्रवाह भइरहेको छ ।

सिट्रोन सी३ लाइभ र फिल गरी कुल २ भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये लाइभ भेरिएन्टमा १.२ लिटरको नेचुरल्लि एस्पिरिटेड इन्जिन जडान गरिएको छ भने यसले ८२ एचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्दछ । अर्को भेरिएन्ट फिलमा १.२ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन दिइएको छ जसले ११० एचपी पावर र १९० एनएम टर्क जेनेरेट गर्छ । यो कारमा कम्पनीले पाँच स्पिडको म्यानुअल ट्रान्समिसन सिस्टम दिएको छ ।

यो कारको ह्विलवेस २ हजार ५४० एमएम रहेको छ भने ग्राउन्ड क्लियरेन्स १८० एमएम छ । कारमा पछाडि बस्ने पेसेन्जरका लागि समेत यथेस्ट लेगरुम रहेको छ । यसको क्याबिनमा १० इन्चको इम्फोटेन्मेट सिस्टम रहेको छ । वायरलेस स्मार्ट फोन चार्जर समेत रहेको यो कारमा ३ वटा फास्ट चार्जिङ यूएसबी पोर्ट तथा एउटा १२ भोल्टको सकेट समेत दिइएको छ । कारमा थ्री स्पोक स्टेरिङ ह्वील, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर तथा म्यानुअल एयरकन्डीसन रहेको छ ।

सुरक्षाको हिसाबले हाई-राइडिङ ह्याचब्याकमा डुअल एयरब्याग, रियर पार्किङ सेन्सर र सिटबेल्ट रिमाइन्डरहरू छन्। यसले ट्याकोमिटर, रियर विन्डस्क्रिन वाइपर र डिफोगर, पावर्ड विङ मिरर एडजस्टमेन्ट, डेरनाइट आईआरभीएम, ट्याकोमिटर र डोरका लागि केन्द्रीय लकरअनलक बटन जस्ता सुविधाहरू पनि छ।

भारतीय बजारमा ५ लाख ८८ हजारदेखि ८ लाख १५ हजार भारुसम्म मूल्य निर्धारण गरिएको यो कारले टाटा पन्च, रेनो काइगर र निसान म्याग्नाइट लागयत साना एसयूभीसंग प्रतिस्पर्धा गरिरहेको छ ।

भारतमा ३२ लाख २४ हजार भारु मूल्य तोकिएको सी५ एयरक्रसको मूल्य नेपालमा १ करोड ३५ लाख रुपैयाँ छ । तर यो अनुपातमा सी३ को मूल्य भने निकै कम हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

अब सिट्रोनको नयाँ गाडी हुनेछ बेसाल्ट, सार्वजनिक भयो कन्सेप्ट

अब सिट्रोनको नयाँ गाडी हुनेछ बेसाल्ट, सार्वजनिक भयो कन्सेप्ट

सिट्रोनले भारतमा नयाँ कूपे एसयूभीको कन्सेप्ट मोडल सार्वजनिक गरेको छ ।...

नयाँ क्रसओभर कार सी३एक्स ल्याउने तयारीमा सिट्रोन

नयाँ क्रसओभर कार सी३एक्स ल्याउने तयारीमा सिट्रोन

भारतमा लगातार आफ्नो बिक्री बढाउने प्रयासमा रहेको सिट्रोनले अब अर्को नयाँ...

सेफ्टि टेष्टमा कमजोर देखियो सिट्रोन ईसी–३, पायो जिरो स्टार रेटिङ

सेफ्टि टेष्टमा कमजोर देखियो सिट्रोन ईसी–३, पायो जिरो स्टार रेटिङ

सिट्रोनले भारतमा उत्पादन गरेको इलेक्ट्रिक कार ईसी–३ सेफ्टि टेष्टमा निकै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...