९५ किमी माइलेज दिने बजाज प्लाटिना : महंगो पेट्रोलको जमानामा बन्न सक्छ मलहम
बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीको...
बजाज ब्रान्ड नेपाल भित्रिएको २५ वर्ष पुगेको छ । सो अवसरमा बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २५औं वार्षिकोत्सव मनाएको छ ।
२५ वर्षको अवधिमा नेपाली बजारमा धेरै बजाज बाइक बिक्रीका लागि उपलब्ध भए । शुरुमा क्यालिबर, बक्सर आदि ब्रान्ड भित्र्याएको बजाजले हालै पछिल्लो उत्पादनको रुपमा एन सिरिजका मोटरसाइकल बिक्रीका लागि उपलब्ध गराइरहेको छ । हाल हुलास अटोक्राफ्ट मार्फत बजाजका मोटरसाइकल नेपालमै एसेम्बल भइरहेका छन् ।
नेपाली बजारमा सबैभन्दा पहिले लोकप्रिय बनेको मोटरसाइकल मोडल ‘बक्सर’ थियो । त्यतिबेला बजाज र कावासाकीको सहकार्यमा मोटरसाइकल उत्पादन हुने भएकाले सो मोटरसाइकल पनि कावासाकी ब्रान्डमै आएको थियो । पहिलो पटक सन् १९९८ मा बजाज मोटरसाइकल नेपाल भित्रिए पनि २००२ तिर भित्रिएको बक्सर मोटरसाइकलले नै बजाजको उचाईलाई एक कदम माथि उठाउन भूमिका खेलेको थियो । धेरै नेपालीहरुले पहिलो पटक चढेको मोटरसाइकलको रुपमा बक्सर प्रचलित छ ।
सन् २००३ मा भित्रिएको पल्सर १५० डीटीएसआईले पावर सेगमेन्टमा मोटरसाइकललाई प्रवेश गराएको थियो । गोलो हेडलाइट भएको सो मोटरसाइकलले नै धेरै युवाहरुलाई मोटरसाइकल चढ्न प्रेरित गरेको थियो । ‘त्यो बेला १५० सीसीको स्पोर्ट्स बाइक हुन्छ भनेर कसैले कल्पना पनि नगरेको अवस्था थियो । यसले अफोर्डेबल स्पोर्ट्स सेगमेन्टमा एउटा नयाँ शुरुवात गरेको थियो । आजको दिनमा यो नेपालको सबैभन्दा ठूलो सेगमेन्टको रुपमा आएको छ ।’ हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छा भन्छन् । अहिले १५० सीसी सेगमेन्टमा धेरै मोडलका पल्सर मोटरसाइकल उपलब्ध छन् । धेरै युवाहरुको रोजाईमा यो सेगमेन्ट अझै पर्छ ।
पल्सर २२०एफ अफरोड मोटरसाइकलको रुपमा समेत परिचित छ । उकालो, ओरालो वा कुनै पनि अप्ठ्यारो बाटोमा समेत सहज तरिकाले चलाउन सकिने मोटरसाइकल मोडल पल्सर २२०एफ हो । गोल्छा भन्छन्, ‘पहाडी सडकमा चल्ने १० मध्ये ८ मोटरसाइकल पल्सर २२०एफ हुन्छ ।’ यो नेपाली सडकका लागि परफेक्ट भेइकल वा अल्टिमेट मेसिनका रुपमा मानिन्छ ।
नेपाली युवाहरुको मन जित्ने अर्को मोडल एनएस सिरिज हो । एनएस सिरिजका बजाज मोटरसाइकल निकै पावरफुल र एड्भान्स टेक्नोलोजीयुक्त छन् । १६० र २०० सीसीमा उपलब्ध यो सिरिजका मोटरसाइकल पनि नेपाली बजारमा निकै नै रुचाइएका मोडल हुन् ।
डोमिनार अर्को नयाँ सेगमेन्ट हो । २५० र ४०० सीसी सेगमेन्टमा उपलब्ध यो मोटरसाइकलले नेपालमा एउटा टुरिङ कल्चर विकास गर्नमा भूमिका खेलेको कम्पनीको भनाइ छ । बजाजका मोटरसाइकल मध्ये यो नेपालमा उपलब्ध सबैभन्दा महंगो मोडल हो ।
अब नयाँ मोडलको रुपमा एन सिरिज आएको छ । अर्को जेनेरेसनलाई नेतृत्व गर्ने लक्ष्यका साथ यो नेपाली बजारमा उपलब्ध भएको कम्पनीको भनाइ छ । नेपाली बजारमा हालै भित्रिएका पल्सर एन १६० र एन २५० यसैका उदाहरण हुन् । यद्यपि यी मोडलको बजार भने भविष्यले नै निर्धारण गर्नेछ ।
बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीको...
बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २०२१ को...
बजाज अटोले गत वर्ष अक्टोबरमा नयाँ पल्सर २५० रेन्जका बाइकहरू लन्च गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...