लन्च हुनु पहिले नै डिलरमा देखियो प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१०
प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१० भारतका केही डिलरहरुमा लन्च हुनु...
भारतको सवैभन्दा ठूलो टु ह्विलर निर्माता हिरो मोटोकर्पले करिज्मालाई पुनः बजारमा ल्याउने भएको छ । नयाँ जेनेरेशनमा आउन लागेको यो मोटरसाइकल हिरोको फ्ल्यागसिप मोडल हुने जनाइएको छ । २०२० देखी उत्पादन वन्द भएको करिज्मालाई पुनः बजारमा ल्याउन हिरो मोटोकर्पले एक्सएमआर नाममा ट्रेडमार्क लिइसकेको छ । यसको नयाँ मोडल अर्को वर्ष लन्च हुने कम्पनीले जनाएको हो ।
करिज्मा एक्सएमआरमा हिरोले २१० सिसीको लिक्वड कुल्ड सिंगल सिलिन्डरयुक्त नयाँ इन्जिन दिन सक्ने अनुमान लगाइएको छ । जसको पावर २५ एचपी र टर्क ३० एनएम रहने आँकलन गरिएको छ । निकै नै प्रतिस्पर्धी मूल्यमा आउन लागेको यो नयाँ मोटरसाइकलको दुवै चक्कामा डुअल च्यान एविएस सहित डिस्क व्रेक जडान हुने देखिएको छ ।
बजारमा आएपछि यसले यामाहा आर१५ भी४, बजाज पल्सर आरएस २००, सुजुकी जिक्सर एसएफ र केटिएम आरसी २०० लगायतसंग प्रतिस्पर्धा गर्नेछ । नेपाली बजारमा यसअघि करीज्मा जेडएमआर उपलब्ध रहँदै आएको थियो । २०० देखी २५० सीसी सेग्मेन्टमा यसले निकै राम्रो प्रभाव समेत पारेको थियो ।
प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१० भारतका केही डिलरहरुमा लन्च हुनु...
काठमाडौं – नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले ५.९९...
हिरो मोटोकर्पले हाल बजारमा प्रचलित ग्ल्यामर भन्दा माथिल्लो भर्सनको रुपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...