कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी
पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक...
काठमाडौं - दसैंलाई लक्षित गर्दै सरकारले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनको रुट परमिट बाटो इजाजत खुला गर्ने निर्णय गरेको छ।
मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकाय र यातायात व्यवसायीहरूसँग बसेको बैठकले यात्रुको सहजताका लागि यस्तो निर्णय गरेको हो। यस वर्षको दसैंको घटस्थापना असोज २५ गते परेको छ।
रुट परमिट खुला भएसँगै सार्वजनिक सवारीसाधनले देशभरका जुनसुकै बाटोमा पनि यात्रु बोकेर आवतजावत गर्न पाउनेछन्। यसले गर्दा दसैंमा गाउँ फर्किने यात्रुले यातायातका साधन अभावको समस्या भोग्नुपर्ने छैन।
बैठकले दसैंका लागि असोज २३ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय पनि गरेको छ। चाडपर्वको समयमा यात्रुको चाप अत्यधिक हुने भएकाले व्यवस्थित रूपमा गन्तव्यमा पुग्न सहज होस् भन्नका लागि अग्रिम टिकट खुला गरिएको विभागले जनाएको छ।
रुट परमिट खुला गरिए पनि सडकको अवस्थालाई ध्यानमा राखेर केही प्रतिबन्ध भने कायमै राखिएको छ।
दसैंको समयमा हुने अत्यधिक भिडभाड र यात्रुको सुविधालाई ध्यानमा राख्दै हरेक वर्ष विभागले यसैगरी रुट परमिट खुला गर्दै आएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...