दशैका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौँ - नजिकिँदै गरेका दशै लक्षित गरी सरकारले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। 

यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो ।

असोज २३ गतेदेखि देशभरका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको विभागका महानिर्देशक राजीव पाेख्रेलले जानकारी दिए ।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले असोज २३ गतेदेखि यात्रुहरूले अग्रिम टिकट काट्न सक्ने जानकारी दिएका छन्।

पछिल्लो समय लगातारको वर्षा र बाढीपहिरोका कारण देशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

बैठकमा सरकारले अवरुद्ध सडकहरूलाई तत्काल मर्मत सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउने प्रतिबद्धता जनाएपछि यातायात व्यवसायीहरू अग्रिम टिकट खुला गर्न सहमत भएका हुन्। सडकको अवस्था सुधार नभएसम्म टिकट खोल्न नसकिने अडानमा व्यवसायीहरू रहेका थिए।

यातायात व्यवस्था विभागमा बसेको उक्त महत्त्वपूर्ण बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरू र उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अग्रिम टिकट बुकिङ खुला भएसँगै चाडपर्वमा घर जाने यात्रुहरूलाई सहज हुने अपेक्षा गरिएको छ।

दशैमा यात्रुलाई अनावश्यक दुःख नहोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...