एउटै मोटरसाइकलमा ३५ हजार छुट : यो नयाँ वर्ष अफर होइन

काठमाडौं – मोटरहेडको एउटै मोटरसाइकलमा ३५ हजार रुपैयाँ छुट उपलब्ध भइरहेको छ । यद्यपि यो नयाँ वर्ष २०८० को उपलक्ष्यमा ल्याइएको अफर भने होइन ।

मोटरहेडको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेड स्क्र्याम्बलर मोटरसाइकलमा ३५ हजार रुपैयाँ छुट उपलब्ध गराएको हो । हाल सो मोटरसाइकलको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ ।

मोटरहेडले स्टक क्लियरेन्स अफरको रुपमा यो छुट उपलब्ध गराएको हो । कम्पनीले सन् २०२० र २०२१ मोडलका मोटरसाइकलमा यो छुट उपलब्ध गराएको छ ।

इनर ब्यालेन्सर सहित २५० सीसीको इन्जिनमा उपलब्ध स्क्र्याम्बलर मोटरसाइकलमा ८२० एमएमको सिट हाइट छ ।

६–स्पिड गियरबक्स भएको सो बाइकमा २२३ सीसी आयल कुल्ड इञ्जिन छ, जसले १९ एचपीको पावर र २० एनएमको टर्क जेनेरेट गर्दछ । सो बाइकको ग्राउण्ड क्लियरेन्स चाहिँ २६० मिलिमिटर छ । त्यसैगरी यसमा १४ लिटरको इन्धन ट्यांकी छ ।

कम्पनीका अनुसार रेट्रो लुक्स बोकेको स्क्र्याम्ब्लर २५० को बिल्ट क्वालिटी एकदमै राम्रो छ । रेट्रो एलईडी हेडलाइट, नव्बी टायर, बार एण्ड मिरर्स, अपराइट–राइडिङ्ग पोजिसन र रग्ड अपेरियन्सले सो बाइकलाई एकदमै आकर्षक बनाएको छ । सो मोटरसाइकलमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ जसले सवै आवश्यक जानकारी डिस्प्ले गर्दछ ।

त्यसैगरी टफ बिल्ट क्वालिटी, रेट्रो एलईडी हेडलाइट, उच्चतम टर्क सहितको रिफाइन्ड मेसिन र ड्युअल परपोज राइड जस्ता विशेषता यसमा रहेका छन् ।

रेट्रो लुक र आयल–कुल्ड इन्जिनमा यति कम मूल्यमा उपलब्ध हुने यो एक मात्र मोटरसाइकल भएको कम्पनीको दावी छ ।

मोटरहेडका अन्य मोडल टेक्कन आर२५०, टेक्कन २५० र एक्स–टर्क २५० मा समेत यस प्रकारको अफर रहेको छ ।

सम्बन्धित समाचारहरू

अपडेट भएर अयो क्रसफायरको नयाँ ट्रेकर २५०, मूल्य पहिलेको तुलनमा २६ हजार रुपैयाँले बढी

अपडेट भएर अयो क्रसफायरको नयाँ ट्रेकर २५०, मूल्य पहिलेको तुलनमा २६ हजार रुपैयाँले बढी

क्रसफायर ट्रेकरको नयाँ अपडेटेड मोडल नेपाली बजारमा भित्रिएको छ । नेपालका...

नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २ २००

नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २ २००

नेपाली बजारमा हालै उपलब्ध टारो ब्रान्डका विभिन्न मोडलका बाइक मध्ये जीपी २...

१३ लिटरको इन्धन ट्यांकी भएको म्याक्सी स्कुटर नेपालमा

१३ लिटरको इन्धन ट्यांकी भएको म्याक्सी स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी साधन भित्रिरहेको समयमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...