पुनः लन्च हुँदैछ बजाजको बक्सर मोटरसाइकल

बजाजले कुनै समयमा लोकप्रिय रहेको मोटरसाइकल बक्सर पुनः लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले पहिले नै बक्सरको १०० सीसी र १५० सीसी मोडल लन्च गरिसकेको थियो । तर यसको राम्रो प्रतिक्रिया नपाएपछि कम्पनीले यसको उत्पादन बन्द गरेको थियो ।

बजाजको नयाँ बक्सर एक्स १५० एड्भेन्चर परीक्षणको समयमा देखिएको छ । कम्पनीले सो बाइक यसै वर्ष लन्च गर्न सक्ने अनुमान गरिएको छ ।

रिपोर्टका अनुसार नयाँ बक्सरलाई पूर्ण रूपमा स्पोर्ट्स लुक दिइएको छ । बाइकमा अलोय ह्विल र नयाँ फ्रन्ट फेन्डर जडान गरिएको छ । साथै बाइकमा सिंगल सिट अप टेल शेपका साथै टु पिस ह्यान्डलबार पनि दिइएको छ ।

सो बाइकको माइलेज ६० किमी प्रतिलिटर हुने अनुमान छ । कम्पनीले यसको मूल्य भने खुलाएको छैन । बाइकमा हुने पावरफुल इन्जिन र माइलेजको हिसाबले सो बाइक स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्ने अनुमान छ ।

बक्सरमा १४८.८ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन दिइनेछ । यसले १२ बीएचपी पावर जेनेरेट गर्नेछ । बाइकमा ५ स्पिड गियर बक्स हुनेछ । बाइकमा डिजिटल क्लस्टर र ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर पनि हुनेछ ।

सम्बन्धित समाचारहरू

ट्रयाक्सन कन्ट्रोल र एबीएस मोडसहित लन्च हुँदै बजाज डोमिनार २५०

ट्रयाक्सन कन्ट्रोल र एबीएस मोडसहित लन्च हुँदै बजाज डोमिनार २५०

बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल डोमिनार २५० को २०२५ संस्करण चाँडै लन्च...

अब राजविराजको रुपनी रोडमा बजाजको बबाल ग्रान्ड एक्सचेन्ज मेला

अब राजविराजको रुपनी रोडमा बजाजको बबाल ग्रान्ड एक्सचेन्ज मेला

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता...

बजाजले अब ट्विनर नाममा नयाँ मोटरसाइकल उत्पादन गर्ने

बजाजले अब ट्विनर नाममा नयाँ मोटरसाइकल उत्पादन गर्ने

भारतीय टु ह्विलर उत्पादक बजाजले नयाँ नाममा मोटरसाइकल तथा स्कुटर उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...