सेफ्टी, स्पेस र स्टाइलको संगम किया क्यारेन्स नेपालमा, मूल्य ५२ लाख ९० हजार

काठमाडौं – कोरियाली कार निर्माता कम्पनी कियाले आफ्नो नयाँ एमपीभी क्यारेन्स क्यारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा क्यारेन्स लन्च गरेको हो ।

कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया क्यारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार भनेको छ । ‘क्यारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प हो’, कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘यो आधुनिक परिवारले आदर्श मान्न सक्ने कारको लागि आवश्यक पर्ने सेफ्टी, स्पेस र स्टाइलको रूपमा आएको छ ।’

किया क्यारेन्स भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईसीओटीवाई) २०२३ अवार्ड प्राप्त एमपीभी हो । हालै सम्पन्न भारतको सबैभन्दा महत्वपूर्ण गाडी पुरस्कार आईसीओटीवाईको १८औं संस्करणमा किया क्यारेन्सलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

गत जनवरीमा भारतमा ७ हजार ९०० थान क्यारेन्स बिक्री भएको छ । यसअघि सन् २०२२ को जुनमा ७ हजार ८९५ युनिट बिक्री भएको थियो । एक वर्षअघि बजारमा आएयता भारतमा ७० हजार ६५६ युनिट क्यारेन्स बिक्री भएको छ ।

क्यारेन्सको सबैभन्दा उल्लेख्य विशेषतामध्ये एक यसका १० रोबुस्ट हाइ–सेफ्टी प्याकेज हुन् जुन सबै भेरिएन्टमा स्ट्यान्डर्ड रुपमा आउँछन् । यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेइकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल ह्विल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर पर्छ ।

यो दुईथरी पेट्रोल इन्जिनमा उपलब्ध छ, एउटा ११५ बीएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर र अर्को १४० बीएचपी र २४२ एनएम टर्कयुक्त १.४ लिटर । ६ स्पिड म्यानुअल भने १.५ लिटर पेट्रोलमा मात्र प्रदान गरिएको छ । १.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी अप्सन छ ।

क्यारेन्स ११५ बीएचपी तथा २५० एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध छ । यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ । लक्जरी प्लस ट्रिममा स्टेयरिङमा जडित प्याडल सिफ्टर पनि छ, जसले ७ स्पिड डीसीटी वा ६ स्पिड अटोमेटिकमा पुगेका बेला काम गर्छ ।

क्यारेन्सका विशेषताहरुमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रयुमेन्टेसन, सनरुफ, दोस्रो र तेस्रो रोका लागि हावाको स्पिड एडजस्ट गर्न मिल्ने छतमा जडित एयरकन भेन्ट्स, सिटपछाडि जडित ट्याब्लेट र स्मार्टफोन नोचयुक्त कपहोल्डर सहितको ट्रे टेबल, भेन्टिलेटेड फ्रन्ट सिटहरू, ६४ कलर एम्बियन्ट लाइटिङ, एयर प्युरिफायर, बोस अडियो सिस्टम, वान टच सेकेन्ड रो टम्बल आदि पर्छन् ।

यसले कारमा आवश्यक पर्ने सबै स्पेस प्रदान गर्दछ । यो सात सिटर कन्फिगरेसन, ठूलो बुट स्पेस, २१६ लिटरको लगेज स्पेससहित आएको छ । तेस्रो रो फोल्ड गर्दा लगेज स्पेसलाई ६४५ लिटरसम्म बढाउन सकिन्छ ।

नेपाली बजारमा उपलब्ध १.५ लिटर किया क्यारेन्स प्रिमियमको मूल्य ४८ लाख ९० हजार र प्रेस्टिजको मूल्य ५२ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने योजना बनाएको छ ।...

क्रेटा र सेल्टोस अब हाइब्रिड पावरट्रेनमा समेत आउने, पार्टपुर्जा भारतमै उत्पादन गर्ने

क्रेटा र सेल्टोस अब हाइब्रिड पावरट्रेनमा समेत आउने, पार्टपुर्जा भारतमै उत्पादन गर्ने

हुन्डाई र कियाले आफ्ना लोकप्रिय एसयूभी मोडल क्रेटा र सेल्टोसलाई हाइब्रिड...

अटो एक्स्पो २०२५ : किया ईभी६ फेसलिफ्ट एसयूभी सार्वजनिक, रेन्ज ६५० किमि दाबी

अटो एक्स्पो २०२५ : किया ईभी६ फेसलिफ्ट एसयूभी सार्वजनिक, रेन्ज ६५० किमि दाबी

कियाले भारत मोबिलिटी ग्लोबल एक्सपोमा ईभी६ फेसलिफ्ट सार्वजनिक गरेको छ। यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...