प्रधानमन्त्रीको हाइड्रोजन गाडी चर्चा : के हो हाइड्रोजन गाडी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाइड्रोजन गाडी चढ्ने तयारी गरिरहेको बताएका कारण एकाएक हाइड्रोजन गाडीका वारेमा चर्चा चुलिएको छ ।

प्रधानमन्त्रीले नेपालमा हाइड्रोजन इन्धनको सम्भावना रहेकाले त्यसको सुरुवात गर्नका लागि प्रधानमन्त्री कार्यालयमा छलफल गरिरहेको बताएका थिए ।

मंगलबार सोलुखोला–दूधकोशी जलविद्युत् आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिजेल र पेट्रोलको विकल्पमा हाइड्रोजन गाडी चढ्न सल्लाह दिएकाले आफूले कार्यालयमा त्यसका लागि छलफल चलाएको उनको भनाइ थियो।

उनले अब विश्व ग्रिन इनर्जीबाट हाइड्रोजनतिर गइरहेकाले त्यसको प्रयोग नेपालले पनि गर्नुपर्नेमा जोड दिए। ‘यो ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजन बनाउने सबभन्दा उपयुक्त अवसर हो। म प्रधानमन्त्री बन्दै गर्दा विद्युत् प्राधिकरणको एमडीले मलाई प्रधानमन्त्रीको रुपमा डिजेल र पेट्रोलको गाडीको साटो हाइड्रोजन गाडी चढ्न सल्लाह दिनुभयो। हामीले प्रधानमन्त्री कार्यालयमा छलफल गरेका छौं। म हाइड्रोजन गाडी चढने तयारीमा छु। ताकी अब हामी यो ग्रिन इनर्जीबाट ग्रिन हाईड्रोजनतिर गएर हामीले किसानहरुलाई आवश्यक पर्ने मलखाद उत्पादन गर्नका लागि पनि, यातायात क्षेत्रको लागि पनि, अन्य उद्योगको लागि पनि हामीले एउटा रिभोलुशन ल्याउन सक्ने सम्भावना पैदा भएको छ।’

योसँगै हाइड्रोजन गाडी कस्तो हुन्छ भनेर धेरैलाई चासो भएको छ । पछिल्लो समय कार निर्माताहरु हाइड्रोजन फ्युल सेल कारको राम्रो सम्भावना देखिरहेका छन्। यसो हुनुमा ब्याट्रीको मूल्य महँगो हुनु र चार्ज गर्न धेरै समय लाग्नु तथा ड्राइभिङ रेन्जको विकल्पका रुपमा हाइड्रोजन फ्युलबाट चल्ने कारलाई विकास गर्न थालिएको छ।

हाइड्रोजन फ्युलबाट संचालन हुने कार इन्धनबाट चल्नेभन्दा सजिला र रेन्जको कुनै लिमिट तोकिएको हुदैन। त्यसैले अहिले अटो मेकरहरु अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र युरोपियन देशहरुमा यसको पूर्वाधार निर्माणमा चासो देखाइरहेका छन्।

सम्बन्धित समाचारहरू

विद्युतीय बाइक ‘यात्री मोटरसाइकल’ को बुकिङ खल्ती वालेटबाट गर्न सकिने

विद्युतीय बाइक ‘यात्री मोटरसाइकल’ को बुकिङ खल्ती वालेटबाट गर्न सकिने

काठमाडाैं – नेपालकाे पहिलाे विद्युतीय बाइक यात्री मोटरसाइकल पी–० र पी–१...

चीन बन्यो विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता, पछि प-यो जापान

चीन बन्यो विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता, पछि प-यो जापान

जापान – जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को...

नेपाल आउदै गरेको प्रिमियम ईभी अवतार ११ मा यस्ता छन् विशेषता, मूल्य कति ?

नेपाल आउदै गरेको प्रिमियम ईभी अवतार ११ मा यस्ता छन् विशेषता, मूल्य कति ?

काठमाडौं – नेपाली बजारमा नयाँ प्रिमियम ईभी ब्रान्ड अवतार आउने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...