डिजेल कन्टेनरभन्दा इलेक्ट्रिक कन्टेनर चलाउँदा वार्षिक ३५ लाख रुपैयाँभन्दा बढी बचत हुने दाबी
काठमाडौं – विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग बढ्दै जाँदा यसको...
विश्व अटो बजार यतिखेर विद्युतीय सवारीमा होमिएको अवस्था छ। केही वर्ष अघि इन्धन सवारीमा निर्भर रहेको अटो उद्योगले ब्याट्री पावरबाट चल्ने कार निर्माण गर्न खरबौं लगानी गर्न थालेका छन्। त्यहीअनुसार विद्युतीय सवारी प्रयोग समेत बढेको छ।
यसैगरी पछिल्लो समय कार निर्माताहरु हाइड्रोजन फ्युल सेल कारको राम्रो सम्भावना देखिरहेका छन्। यसो हुनुमा ब्याट्रीको मूल्य महँगो हुनु र चार्ज गर्न धेरै समय लाग्नु तथा ड्राइभिङ रेन्जको विकल्पका रुपमा हाइड्रोजन फ्युलबाट चल्ने कारलाई विकास गर्न थालिएको छ।
हाइड्रोजन फ्युलबाट संचालन हुने कार इन्धनबाट चल्नेभन्दा सजिला र रेन्जको कुनै लिमिट तोकिएको हुदैन। त्यसैले अहिले अटो मेकरहरु अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र युरोपियन देशहरुमा यसको पूर्वाधार निर्माणमा चासो देखाइरहेका छन्।
तर अझैपनि अटोमोबाइल क्षेत्र प्यासेन्जर सेगमेन्टका गाडीको लागि हाइड्रोजन टेक्नोलोजीको सम्भाव्यतामा एकमत छैन। फक्सवागन र अउडी लगायतका केही कार निर्माताहरू यसमा खासै चासो राखेका छैनन् । यी कम्पनीहरुले यसको सट्टा विद्युतीय गाडीको विकासमा ध्यान केन्द्रित गर्न खोजिरहेका छन्।
यस्तै टोयोटा, रेनो र हुन्डाई जस्ता अन्य अटोमेकरहरू हाइड्रोजन–इन्धनमा चल्ने सवारी साधनहरूप्रति बढी आशावादी देखिन्छन्। यी कम्पनीहरूले हाइड्रोजन इन्जिनको विकासलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। टोयोटाले आफ्नो पहिलो हाइड्रोजन फ्युल कार टोयोटा मिराई २०१४ मा अनावरण गरेको थियो र डिसेम्बर २०१९ देखि १० हजार ३०० युनिट विश्वव्यापी बिक्री गर्ने बताएको थियो। यसैगरी दक्षिण कोरियाको हुन्डाईले हाइड्रोजन संचालित एसयुभी नेक्सो उत्पादन गरिरहेको छ।
हाइड्रोजन उत्पादनलाई गति दिन युरोपेली संघले महाद्वीपमा ४० गिगावाट क्षमताको इलेक्ट्रोलाइजर स्थापना गर्ने लक्ष्य राखेको छ। स्पेनले सोलारबाट चल्ने हाइड्रोजन इलेक्ट्रोलाइजरको ४ गिगावाट निर्माणमा १०.५ अर्ब डलर (८.९ अर्ब युरो) खर्च गर्ने योजना घोषणा गरिसकेको छ।
डेनमार्क लगायत अन्य देशहरूले बिजुलीमा आधारित इलेक्ट्रोलाइसिसबाट हाइड्रोजन उत्पादन बढाउन प्लान्टहरू स्थापना गरिरहेका छन्। ओपेक लिडर साउदी अरेबियाले पनि ग्रिन हाइड्रोजन उत्पादन सुविधा निर्माण गरिरहेको छ।
माइक्रोसफ्ट कर्पोरेशनले आफ्नो ब्याकअप पावर स्रोतको रूपमा डिजेल जेनेरेटरहरू प्रतिस्थापन गर्न हाइड्रोजन फ्युल सेलहरूको प्रयोगको परीक्षण गरिरहेको छ। अमेरिकामा आधारित स्टार्टअप जेरोआभियाले २०२४ सम्ममा हाइड्रोजनबाट चल्ने विमान बनाउने योजना बनाएको छ।
इजरायली इन्जिन निर्माता एक्वेरियस इन्जिनले नयाँ २२ वनबी (१० केजी) हाइड्रोजन इन्जिन विकास गरेको छ जसले एक अद्वितीय आन्तरिक इन्धन आदानप्रदान प्रणाली प्रयोग गर्दछ। कम्पनीले यसलाई परम्परागत दहन इन्जिनको लागि हल्का, लागत–इफेक्टिभ र वातावरण–मैत्री विकल्प भएको दाबी गरेको छ।
एसियन रेनुएबल इनर्जी हब अस्ट्रेलियाको एउटा विशाल दिगो ऊर्जा परियोजना हो। जुन हाल त्यसैको काममा लागि परेको छ। जहिले पूर्ण रूपमा यसले कार्य गर्न सक्ने भएपछि यो सौर्य र वायु ऊर्जाबाट ५० टेरावाट आवरभन्दा बढी बिजुली उत्पादन गर्ने योजना छ। यस विद्युतलाई ठूलो हिस्सा एमोनिया र क्लिन हाइड्रोजन उत्पादनमा प्रयोग गरिनेछ।
हाल अमेरिका र बेलायतमा तीनवटा मोडलमा मात्र हाइड्रोजनबाट चल्ने गाडी उपलब्ध छन्। ती हुन् होन्डा क्ल्यारिटी, टोयोटा मिराई र हुन्डाई नेक्सो। यद्यपि, हाइड्रोजन पावर र इन्जिन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा आशाजनक विकासहरू भइरहेकाले आगामी वर्षहरूमा यसका संख्याहरू बढ्ने अपेक्षा गरिएको छ।
हाइड्रोजन इन्जिनहरूले अझै पनि धेरै समस्याहरूको सामना गरिरहे पनि आगामी वर्षहरूमा हरित ऊर्जा स्रोतको रूपमा हाइड्रोजनको बजार द्रुत रूपमा बढ्ने अपेक्षा गरिएको छ। ब्लुमबर्ग न्यु इनर्जी फाइनान्सका अनुसार २०३० सम्म यसको मूल्य ७० अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ।
यस्तै पाइपलाइनमा अपस्ट्रिम, मिडस्ट्रिम र डाउनस्ट्रिम ’ग्रीन’ हाइड्रोजन परियोजनाहरू ९० अर्ब डलरभन्दा बढी लगानी रहेका छन्। हाइड्रोजन सवारी साधनहरूको विकासमा जे भए पनि ऊर्जा स्रोतको रूपमा नवीकरणीय हाइड्रोजनको प्रयोग बढ्दै जानेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...