पल्सर एन सिरिज र डोमिनारको मूल्य वढ्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन सिरिज र डोमिनार विएस६ सिरिजको मूल्य बृद्धि गरेको छ । कम्पनीले एन सिरिजका १६० तथा २५० र डोमिनार २५० तथा ४०० विएस६ मा १० हजार रुपैयाँसम्मले मूल्य बृद्धि गरेको हो ।

सवैभन्दा वढी डोमिनार ४०० विएस६ मा १० हजार र वाँकी तीन मोडलमा ५ हजार रुपैयाँका दरले मूल्य बृद्धि भएको छ । वाँकी मोडलमा भने पुरानै मूल्य कायम गरिएको छ । बजाजले कुल १८ मोडलका मोटरसाइकल बिक्री गर्दै आइरहेको छ ।

मूल्य बृद्धि भएसंगै यसअघि ३ लाख ७८ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको पल्सर एन १६० को नयाँ मूल्य ३ लाख ८३ हजार ९ सय पुगेको छ भने पल्सर एन २५० को ४ लाख ९४ हजार ९०० कायम गरिएको छ ।

यसैगरी डोमिनार २५० विएस६ को मूल्य ५ लाख ९४ हजार ९०० र डोमिनार ४०० को ६ लाख ५४ हजार ९०० पुगेको छ । यसअघि यी दुई मोटरसाइकलको मूल्य क्रमश ५ लाख ८९ हजार ९०० र ६ लाख ४४ हजार ९०० कायम गरिएको थियो ।

बजाजका सवैजसो मोटरसाइकल नेपालमै एसेम्वल हुँदै आइरहेका छन् । हरेक महिना जसो मूल्य वढाउँदै आएको कम्पनीले एक महिना अघिमात्र १४ मोडलको मूल्य बृद्धि गरेको थियो ।

सम्बन्धित समाचारहरू

बजाज ग्रान्ड कार्निभलबाट सबैभन्दा ठूलो पल्सरको डेलिभरी प्रारम्भ

बजाज ग्रान्ड कार्निभलबाट सबैभन्दा ठूलो पल्सरको डेलिभरी प्रारम्भ

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

यस्तो हुनेछ बजाजको सीएनजी बाइक

यस्तो हुनेछ बजाजको सीएनजी बाइक

बजाजको सीएनजी बाइकको वारेमा चर्चा चलिरहेको छ । आगामी जुन मा लन्च हुने घोषणा...

बजाजको ५ दिनका लागि मात्र अफर : शून्य प्रतिशत ब्याजदर, १८ महिना किस्ताबन्दी

बजाजको ५ दिनका लागि मात्र अफर : शून्य प्रतिशत ब्याजदर, १८ महिना किस्ताबन्दी

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...