मोटरहेडको स्टक क्ल्यिरेन्स अफर : बाइक किन्दा ४० हजार सम्म छुट

काठमाडौं – नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले स्टक क्लियरेन्स अफर ल्याएको छ । यस अनुसार मोटरहेडका २०२१ सम्मका चार मोडल स्क्र्याम्बलर २५०, टेक्कन आर२५०, टेक्कन २५० र एक्स–टर्क २५० बाइक किन्दा २५ हजार देखि ४० हजार रुपैयाँ सम्म छुट प्राप्त हुनेछ ।

हालको नाजुक आर्थिक अवस्थामा समेत ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यका साथ यो अफर ल्याएको कम्पनीको भनाइ छ । नेपालभर रहेका मोटरहेडका शोरुममार्फत यो अफर अन्तर्गतको सुविधा प्राप्त गर्न सकिने छ ।

हाल नेपाली बजारमा यी बाइकको मूल्य क्रमशः ४ लाख ९५ हजार, ४ लाख ७५ हजार, ३ लाख ९५ हजार र ३ लाख ९० हजार रुपैयाँ छ ।

कम्पनीको काठमाडौं उपत्यकामा टेकु, धोविघाट र सल्लाघारी भक्तपुरमा शोरुम रहेको छ भने उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, पोखरा, बाग्लुङ र जुम्लामा डिलर रहेको छ ।

सम्बन्धित समाचारहरू

मोटरहेड ब्रान्डको अफर विजेतालाई गरियो चेक हस्तान्तरण

मोटरहेड ब्रान्डको अफर विजेतालाई गरियो चेक हस्तान्तरण

काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...

दशैंको मोटरसाइकल : मोटरहेड टेक्कन आर २५० मा आकर्षण, छिट्टै मूल्य बढ्ने अनुमान

दशैंको मोटरसाइकल : मोटरहेड टेक्कन आर २५० मा आकर्षण, छिट्टै मूल्य बढ्ने अनुमान

काठमाडौं – नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर...

नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २ २००

नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २ २००

नेपाली बजारमा हालै उपलब्ध टारो ब्रान्डका विभिन्न मोडलका बाइक मध्ये जीपी २...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...