२०२२ मा अमेरिकामा विक्यो प्रत्येक ४९ सेकेन्डमा एउटा फोर्ड एफ–१५० पिकअप

सन् २०२२ मा अमेरिकी बजारमा फोर्ड मोटरको एफ–१५० पिकअप हरेक ४९ सेकेन्डमा एक युनिट बिक्री भएको छ । सो वर्ष फोर्डले कुल ६ लाख ४० हजार एफ–१५० बजारमा बिक्री गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले कम भएपनि यो मोडल सर्बाधिक विक्री हुने गाडीको सूचीमा भने यथावत नै रहन सफल भयो ।

अमेरिकी बजारमा सदावहार लोकप्रिय मोडलका रुपमा स्थापित यो पिकअप ट्रकले ४१ वर्षसम्म निरन्तर सर्बाधिक बिक्री हुने गाडीको पहिचान वनाएको छ । कोभिड अगाडीको सयमा वार्षिक ९ लाख युनिटसम्म बिक्री भयो यो पिकअपको पछिल्ला २ वर्षमा भने बिक्री निरन्तर ओराले लाग्दै गएको छ ।

यो पिकअप ट्रकलाई फोर्डले एक्सएल, लिमिटेड र इलेक्ट्रिक गरी कुल तीन भेरिएन्टमा उपलब्ध गराउँदै आएको छ । यी सवै मोडलको पावरट्रेन, क्याविन, फिचर र ट्रिमहरु फरक फरक रहेका कारण ग्राहकले आफ्नो आवश्यकता अनुसारको गाडी छनोट गर्न सक्नेछन् ।

सो वर्ष विक्री भएका सवै एफ–१५० ट्रकलाई यदि लामवद्ध गरेर राख्ने हो भने यसले लस एन्जलदेखी डेट्रोइटसम्मको कुल ३ हजार ८६२ किलोमिटर सडक कभर गर्ने जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...