भारतमा सार्वजनिक भयो बीवाईडी एट्टो३ इलेक्ट्रिक कार : नेपालमा आगामी शनिबार लन्च हुने

प्रतिष्ठित चाइनिज ब्रान्ड बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ भारतमा आज सार्वजनिक गरिएको छ । ५० हजार भारुका साथ बुकिङ गर्न सकिने सो इलेक्ट्रिक कार आगामी जनवरी देखि डेलिभरी गरिने छ ।

भारतमा सार्वजनिक गरिएको बीवाईडी एट्टो३ मा ६०.४८ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जसले ५२१ किलोमिटरको रेन्ज दिने बताइएको छ । डीसी फास्ट चार्जरको सहयोगले यसको ब्याट्रीलाई ५० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने कम्पनीले बताएको छ ।

यसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, प्यानोरामिक सनरुफ, ८ स्पिकर, एलईडी लाइटिङ सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर आदि फिचर उपलब्ध छ ।

सुरक्षाका लागि यसमा ७ एयरब्याग, टीपीएमएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, ३६० डिग्री पार्किङ क्यामेरा, ईबीडी सहितको एबीएस, ईएसपी, टीसीएस, अल ह्विल डिस्क ब्रेक र अन्य धेरै फिचर छन् ।

भारतमा यो गाडीको मूल्य अर्को महिना मात्र सार्वजनिक गरिने बताइएको छ ।

नेपाली बजारका लागि आगामी शनिबार बीवाईडी एट्टो३ लन्च हुँदैछ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आगामी शनिबार बीवाईडी एट्टो३ को ग्रान्ड लन्च गरिने जानकारी सामाजिक सञ्जालमार्फत दिइसकेको छ ।

सम्बन्धित समाचारहरू

नेपाल आउने एमजी एस्टरको मूल्य सार्वजनिक

नेपाल आउने एमजी एस्टरको मूल्य सार्वजनिक

काठमाडौं – नेपाल भित्रिने तयारीमा रहेको एमजीको नयाँ एसयूभी एस्टरको मूल्य...

अटो एक्सपो २०२३ : एमजीले देखायो इलेक्ट्रिक र हाइव्रिड सहित ७ नयाँ कार

अटो एक्सपो २०२३ : एमजीले देखायो इलेक्ट्रिक र हाइव्रिड सहित ७ नयाँ कार

नयाँ दिल्लीमा जारी अटो एक्सपो २०२३ मा एमजी मोटरले इलेक्ट्रिक र हाइव्रिड...

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट

काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...