टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम
काठमाडौं – नेपालका लागि टारो ब्रान्डका बाइक तथा स्कुटरको आधिकारिक वितरक...
काठमाडौं – एसजी ग्रुप अन्तर्गत नेपालमा बिक्री–वितरण भइरहेका मोटरहेड र टारो ब्रान्डका वाइक तथा स्कुटर अब एउटै शोरुममा उपलब्ध हुने भएका छन् । ग्राहकहरुले उक्त कम्पनीको हाल रहेको विभिन्न शोरुमबाट एकै छाना मूनि सहज तरिकाले यी बाइक तथा स्कुटर खरिद गर्न सक्ने भएका छन् ।
डर्ट, स्क्रयाम्वलर, क्रसओभर, स्पोर्ट तथा स्कुटर गरी अब कम्पनीले ५ सेगमेन्टका दुई पाङ्ग्रे साधन एकै साथ उपलब्ध गराउँदा ग्राहकहरुले सजिलो महसुस गर्ने र खरिद गर्ने निर्णयमा पुग्न सजिलो हुने विश्वासको साथ कम्पनीले यो नीति अघि सारेको बताएको छ ।
यसका साथै बिक्री पछिको सेवा पनि हाल कायम रहेको सर्भिस सेन्टरलाई अपग्रेड गरी सञ्चालनमा ल्याइने छ । यसबाट ग्राहकहरुलाई पार्ट्स तथा सर्भिसिङ र मेन्टिनेन्समा सहज हुने विश्वास कम्पनीको रहेको बताएको छ ।
काठमाडौंको नक्साल, बालाजु, मित्रपार्क, टेकु, ललितपुरको धोबिघाट तथा भक्तपुरको सल्लाघारी स्थित शोरुमहरुमा गई ग्राहकहरुले उक्त दुवै ब्रान्डको अवलोकन तथा टेष्ट राइड गरी खरिद गर्न सक्नेछन्।

यसका साथै कम्पनीले ग्राहकमुखी वातावरण कायम राखी उक्त उद्देश्यलाई साकार बनाउन आफ्ना शोरुमहरुमा यही भाद« १९ गतेबाट उपत्यकाव्यापी शोरुम टेष्ट राइड कार्यक्रमको शुरुवात गर्ने बताएको छ । सो अवसरमा ग्राहकले टेष्ट राइड गरी उपहार जित्नुको साथै विभिन्न गेममा सहभागी भई थप उत्साहित माहोलमा अन्य उपहार पनि जित्न सक्नेछन्।

मोटरहेडका चलेका मोडलहरुमा टेक्कन आर२५०, स्क्र्याम्बलर २५०, एमएच १५० आदि हुन् भने गत कात्तिकमा नेपाल भित्रिएको टारोका चलेका मोडलहरु जीपी१ २५०, जीपी२ २५०, इमोला १५० आदि हुन् ।
कम्पनीले दशैं तिहार अफर पनि छिट्टै प्रकाशित गरिने र यस पालिको अफर पनि सदा झैं ग्राहकमुखी रहने जानकारी दिएको छ ।
काठमाडौं – नेपालका लागि टारो ब्रान्डका बाइक तथा स्कुटरको आधिकारिक वितरक...
काठमाडौं – नेपाली बजारमा २०२२ मोडलको क्रसएक्स २५०आर भित्रिएको छ । ईएफआई...
काठमाडौं – नेपालका लागि मोटरहेड तथा टारो ब्रान्डको आधिकारिक वितरक एसजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...